मोहसिन अलि मियाँ/गोरखा
बरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाले आफ्नो जन्मजन्मथलो जाने इच्छा ब्यक्त गरेपछि शनिबार गृह जिल्लागोरखाको पालुङ्टार ल्याएर फर्काइएको छ । पित्त थैलीको क्यान्सरकाकारण गम्भिर बिरामी परेका डाक्टर देवकोटालाई शनिबार अपराह्न हेकिोप्टरबाट पालुङ्टार नगरपालिका–३ को बोहोरागाँउल्याइएको थियो । ‘उहाँले जन्मघर जाने र सबैसंग भेट गर्ने इच्छा राख्नुभयो त्यसैले उहाँलाई ल्यायौ’ उनकाभाई पर्ने प्रदिपचन्द्र देवकोटाले भने ।
जन्मथलोमापुगेर सिस्ने धाराको पानीखाई, घरको पिढीमा सुस्ताउने र आफन्तजनसंग भेटघाट गर्ने डाक्टर देवकोटाले इच्छा समेत राखेकाथिए । सोहीअनुसार उनलाई पुख्र्यौली घरको पिढीमा सुताईएको थियो । श्रीमती डाक्टर मधु देवकोटा र तिन छोरीहरु मेघा, बसुधा र मन्जरी सहित जन्मघर पुगेकाउनलाई सिस्ने धाराको पानील्याइचम्चाको सहायताले खुवाइएको थियो ।
‘घर नजिकै छ त्यो धारा, उहाँ त्यै सिस्ने धाराको पानीखाएर हुर्किनु भो’ देवकोटाले भने ‘आफ्नो ठाँउको मायायतिसम्मपनिगर्नुहुदो रहेछ भन्ने हामीलाई लागेको थिए, तर जिवनको अन्तिम घडिसम्म पनिउहाँले यै माटोलाई सबैभन्दाप्यारो ठान्नुभयो ।’
न्यूरो अस्पतालको आइसियू कक्षमा मृत्युसंग लडिरहेका डाक्टर देवकोटालाई उनको इच्छा अनुसार नै पुर्खेउली घर ल्याइएको पारिवारिक स्रोतको भनाई छ । ‘आफु जन्मेको, हुर्केको, पढेको ठाँउ, गोठालो गएको, पानी पधेरो गएको गाँउलाई सायद अन्तिम पल्ट हुनुपर्छ, उहाँले हेर्ने इच्छा गर्नुभयो’ उनले भने ।
डाक्टर देवकोटालाई चिकित्सक टोली सहितअक्सिजनलगाएर ल्याइएको थियो । उनको गाँउनजिकै रहेको बोहोरागाँउमा हेकिोप्टर राखेर त्याहाबाट स्टेचरमाउनलाई घरसम्म पु¥याइएको थियो । करिब १ घण्टा उनि जन्मघरको पिढीमा सुस्ताएकाथिए । उनलाई भेट्न उनको घरमाकरिब ५ सय भन्दा बढि आफन्त भेलाभएकाथिए । तर गाँउकाआफन्ततथाशुभचिन्तकसंग भने उनिबोल्न सकेनन् ।
पालुंटार नगरपालिकाको वडा नम्बर ४ स्थित पण्डित गाँउमाजन्मिएका डाक्टर देवकोटाले आँपपिपलको अमरज्योतीमाविमा पढेकाथिए । एसियामै बरिष्ठ न्युरो सर्जनका रुपमा परिचित डाक्टर देवकोटा र पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई विद्यालयका सहपाठी हुन् । शुक्रबार राती सामाजिक सञ्जालमा डाक्टर देवकोटाको निधनभएको खबर एकाएक फैलिएपछि अस्पताल प्रशासन र परिवारले खबरमा सत्यतानभएको भन्दै विज्ञप्ती नै जारी गर्नुपरेको थियो ।




















