गोरखा समाचारदाता
पालुङ्टार नगरपालिकामा स्मार्ट सिटीका लागि अबसर र सम्भावना रहेको विज्ञहरुले बताएका छन् । शुक्रबारबाट सुरु भएको विज्ञ सम्मेलनका क्रममा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने गर्दै उनीहरुले विद्यमान भौतिक तथा सामाजिक बिकासका आधारमा स्मार्ट सिटिको कामलाई एकिकृत रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन । भौतिक पूर्वाधार तर्फ सडक, खानेपानी, सिञ्चाई, सामाजिक पूर्वाधार तर्फ शिक्षा, स्वास्थ्य, रोजगार जस्ता कुरालाई प्राथमिकतामा राख्नुपर्ने उनीहरुको सुझाव छ ।
‘अब बन्ने सरंचनाहरु बैज्ञानिक हुनुपुरयो, माटो परिक्षण गरेर भूकम्प थेग्ने खालका घरहरु निर्माण गर्न नगरपालिकाले विषेश योजना ल्याउनुपर्छ’ अमेरिकको क्यालिर्फोनिया विश्व विद्यालयका प्राध्यापक डाक्टर बिनोद तिवारीले भने । गाईखुरमा जन्मिएका तिवारीले ३५ वर्षपछि गृहनगर फर्किएर समृद्धिको आफ्नो सुझाव व्यक्त गर्न पाएकोमा खुसि व्यक्ति गरे । उनी लगायत १८ जना विज्ञहरुले सम्मेलनमा आ–आफ्नो प्रस्तुतिकरण गरेका थिए । जसमध्ये १४ जना पालुङटार नगरवासी हुन् ।
उक्त कार्यक्रममा पूर्वप्रधामन्त्री, पूर्वसचिव देखि, अर्थविद्, इन्जिनियर, डाक्टर, प्राध्यापक लगायत उपस्थ्तिी रहेको थियो । ‘यो नगर प्रचुर संभावना भएको ठाउँ हो अब कुनै नागरिकले सुबिधा नपाएर पालुङ्टार छोड्नु नपरोस्’ वरिष्ठ आर्कीटेक इन्जिनियर समेत रहेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने ‘हामी त्यस्तो योजना र कार्यक्रम बनाएर पालुङ्टारलाई समृद्ध बनायौं ।’ र्भखरै राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको नेता चुनिएका नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले राजनितिक स्वार्थ भन्दा माथी उठेर पालुङटार नगरपालिकाको स्पष्ट रोडम्याप तयार गर्नुपर्नेमा जोड दिएका छन ।
‘यो मौका हो, हामीले २० औं वर्षका लागि आवश्यक योजना बनाएर अगाडी बढ्नुपर्छ’ उनले भने ‘त्यसका लागि विज्ञ सम्मेलन सार्थक हुनेछ ।’ शुक्रबार भएको उद्घाटन सत्र देखि शनिवार साँझ सम्म आफ्नो धारणा राखेका अधिकाशं विज्ञहरुले नगरपालिकाले आवाधिक योजना निर्माण गरी अगाडी बढ्नुपर्ने सुझाव दिएका थिएका छन । ‘बिना योजना, बिना प्लान काम गर्न सकिदैन, सबैको सुझावलाई एकिकृत गरी नगरपालिकाले ठोस र वैज्ञानिक योजना बनाउन तर्फ लाग्नुपर्छ’ डाक्टर लक्ष्मी देवकोटाले भने । कतिपय विद्धानहरुले पालुङटारलाई नेपालको नमूना हरियाली शहर बनाउन सकिने तर्क अगाडी सारेका छन् ।
मिसन टु नेपालले स्थापना चर्चित आँपिपल अस्पताललाई स्वास्थ्य क्षेत्रको अनुसन्धान केन्द्रको रुपमा बिकास गर्नुपर्ने, आसपास रहेका खोलानालालाई व्यवस्थित गरी खानेपानी र सिञ्चाइँका पूर्वाधार बिकास गर्नुपर्ने, व्यावसायिक कृषिमा जोड दिनुपर्ने, कृषि र पशुपालनका पकेट क्षेत्रहरु स्थापना गरिनुपर्ने लगायतका कुरा विज्ञले अगाडी सारेका छन् । यसैगरी पालुङटार नगरपालिका भित्र रहेका परम्परागत खेलमैदानहरुलाई स्तरउन्नती गर्दै खेल पर्यटनको बिकास गर्नुपर्ने, फोहोर मैला व्यवस्थापनको काम सुरु गर्नुपर्ने, पालुङटार क्षेत्रमा गित संगित र योगाको सेन्टरहरुको स्थापनामा जोड दिनुपर्ने, धार्मिक सास्कृति तथा ऐतिहासिक स्थलहरुलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नु पनि विज्ञहरुको सुझाव छ ।
स्पष्ट भु उपयोग निति बनाएर बस्तीक्षेत्र, कृषिक्षेत्र, औधोगिक क्षेत्र निर्धारण गर्नुपर्ने, औद्योगिक कोरिडोर, जोन, स्टेटको आवश्यक विकासको लागि सम्भाव्यता अध्ययन गर्नुपर्ने, सार्वजानिक जग्गाको पहिचान गरी संरक्षण गनुपर्ने कुरामा पनि विशेष जोड दिन विज्ञहरुले नगरपालिकालाई आग्रह गरेका छन् । यसैगरी मौलिकता नहराउने गरी पालुङटार नगर क्षेत्रको विकास र पुर्वाधारका काम गर्न उनीहरुको सुझाव छ ।
‘मध्ये पहाडी व्यापारिक पर्यटकिय शहर, सुन्दर समुन्नत र समृद्ध हाम्रो लिगलिग पालुंटार’ भन्ने नाराका पाुलंटार विज्ञ सम्मेलन २०७५ सम्पन्न छ । पालुंटार नगरपालिकालाई नमुना र संबृद्ध नगर बनाउन बिभिन्न क्षेत्रका विज्ञहरुको सुझाव संकलन गर्न र ‘मास्टर प्लान’ निर्माणका लागि सम्मेलन आयोजना गरिएको नगरप्रमुख दिपक बाबु कँडेलले बताएका छन् ।
पालुङटार घर भई संसारका बिभिन्न देशमा काम गरिरहेका विज्ञहरुलाई घर फर्काउन र आफ्नो ठाँउको विकासका निम्ती एकतावद्ध हुन र आ–आफ्नो विज्ञता र सुझाव संकलन गर्न पनि सम्मेलन आयोजना गरिएको उनको भनाई छ । ‘पालुंटार घर भइ विभिन्न सेक्टरमा कार्यरत विज्ञहरुलाई हामीले आफ्नो गाँउ फर्काउन र नगरको विकासका लागि एकजुट हुन पनि सम्मेलन गरेका हौ, सम्मेलनमा क्यलिफोर्निया विश्वविद्यालयका प्रोफेसर देखि भारतबाट स्मार्ट सिटीका डिजाइनरसम्मको सहभागिता छ’ नगरप्रमुख कँडेलले भने ‘उहाँको विज्ञतालाई हामी नगरविकासमा लगाउन चाहान्छौ


