नरेन्द्र ढकाल/गोरखा
जेष्ठ १६ गते । जिल्लाका स्थानीय तहले पाउने बजेटको सार्वजनिक भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेट अनुसार स्थानीय तहमा आउने वित्तिय समानिकरण र सशर्त अनुदानको रकम पनि सार्वजनिक गरेको छ । जसअनुसार सबै भन्दा धेरै गोरखा नगरपालिकाको लागि ५१ करोड ७३ लाख बजेट उपलब्ध हुने भएको छ । गोरखा नगरपालिकाले वित्तिय समानिकरणको २४ करोड २१ लाख र सर्शतको २७ करोड ५२ लाख बजेट पाएको हो । सबै भन्दा कम चुमनुब्री गाउँपालिकामा १३ करोड २७ लाख बजेट उपलब्ध हुने अर्थमन्त्रालय स्रोतले बताएको छ । संसद सचिवालयमा बजेट भाषणका बेला सासदहरुलाई वितरण गरिएको विवरण अनुसार चुमनुब्री गाउँपालिकाले वित्तिय समानिकरण तर्फ ६ करोड र सर्शत तर्फ ७ करोड २७ लाख पाउने भएको हो ।
यसैगरी पालुङटार नगरपालिकामा जिल्लाकै दोश्रो धेरै बजेट उपलब्ध हुने भएको छ । जसअनुसार वित्तिय समानिकरण तर्फ १९ करोड २ लाख र सर्शत तर्फ २२ करोड ५१ गरी कुल ४१ करोड ५२ लाख बजेट बिनियोजन भएको हो । जिल्लाका अन्य गाउँपालिका तर्फ अजिरकोटमा २० करोड ६० लाख रकम छुट्टिएको छ ।
वित्तिय समानिरणको १० करोड ३२ लाख र शर्सतको १० करोड २८ लाख गरी उक्त रकम विनियोजन भएको हो । त्यसैगरी आरुघाट गाउँपालिकामा वित्तिय समानिकरणको १३ करोड ६४ लाख र १३ करोड ३ लाख सर्शत गरी कुल २६ करोड ७१ लाख रकम उक्त गाउँपालिकाले पाउने भएको हो । उता गण्डकी गाउँपालिकाले २७ करोड ७४ लाख बजेट खर्च गर्न पाउने भएको छ । सरकारले मंलबार सार्वजनिक गरेको बजेट अनुसार गण्डकीमा वित्तिय समानिकरणको १३ करोड ३३ लाख र सर्शत तर्फको १४ करोड ४१ लाख गरी उक्त रकम छुट्याइएको हो ।

धार्चे गाउँपालिकाले जिल्लाको दोश्रो थोरै बजेट पाएको छ । त्यहाँ वित्तिय समानिकरणको ८ करोड ४१ लाख र शर्सत तर्फको ६ करोड १६ लाख गरी १४ करोड ५७ लाख बजेट धार्चेमा उपलब्ध हुने भएको हो । त्यसैगरी भिमसेन थापा गाउँपालिकामा कुल २९ करोड ७७ लाख बजेट बिनियोजन भएको छ । भिमसेनले वित्तिय समानिकरण तर्फ भन्दा सर्शतमा धेरै बजेट पाएको छ । त्यहाँ वित्तिय समानिकरणमा १३ करोड २२ लाख र सर्शत तर्फ भने १६ करोड ५५ लाख रकम छुट्याइएको छ ।
यता शहिद लखन गाउँपालिकामा वित्तिय समानिकरण १४ करोड ८५ लाख र सर्शत तर्फ १६ करोड २४ लाख गरी कुल ३१ करोड ९० हजार बजेट उपलब्ध हुने भएको छ । उता सिरानचोक गाउँपालिकाको लागि भने ३२ करोड ९२ लाख बजेट बिनियोजन भएको छ । वित्तिय समानिकरणको १३ करोड ६९ लाख र सर्शत तर्र्फ १९ करोड २३ लाख गरी उक्त रकम विनियोजन भएको हो ।
वारपाक सुलिकोट गाउँपालिकामा वित्तिय समानिकरणको १४ करोड ४३ लाख र सर्शतको १४ करोड ६९ लाख गरी कुल २९ करोड १२ लाख बजेट उपलब्ध हुने अर्थ मन्त्रालय श्रोत बताएको छ । यसरी हेर्दा जिल्लामा कुल ३ अर्ब १९ करोड ४० लाख रकम आउने देखिएको छ । जस अनुसार वित्तिय समानिकरण तर्फ १ अर्ब ५१ करोड ११ लाख र सर्शत तर्फ १ अर्ब ६७ करोड ९३ लाख गरी उक्त रकम जिल्लाका लागि विनियोजन भएको हो ।
सरकारले वित्तिय समानिकरण शर्सत अनुदान तर्फ बजेट विनियोजन गरे पनि समपुर र विशेष अुनदानमा भने अहिले स्थानीय तहलाई रकम पठाएको छैन् । सिधै स्थानीय तहमा जानेगरी यो रकम विनियोजन गरिएको हो । केन्द्र सरकारले बजेट विनियोजन गरेपनि प्रदेश सरकारले बजेट ल्याउन बाँकी रहेकाले त्यहाँबाट कति रकम आउँछ भन्ने एकिन भएको छैन् ।
यसै केन्द्र सरकार मार्फत सञ्चालन हुने योजनाहरु पनि छुट्टै बजेटको व्यवस्था गर्ने सरकारले स्पस्ट पारेको छ । राष्ट्रिय गौरबको बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण लागि आवश्यक रकम, महत्वपूर्ण सडक स्तरउन्नती लगायतका विभिन्न योजना पनि बजेट विनियोजन भएको अर्थ मन्त्रालय स्रोतलाई उदृत गर्दै जिल्लाका सरोकारवालाहरुले बताएका छन् ।


