गोरखा समाचारदाता
जिल्ला कै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिताको उपाधी देउराली युवा क्लव कास्कीले जितेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ पाँचखुवा देउरालीमा भएको प्रथम शहिद दिल बहादुर रम्तेल स्मृति कप भलिबल २०७५ को उपाधी जित्दै कास्कीले नगद १ लाख ५ हजार पुरस्कार पाएको छ ।
मंगलबार भएको फाइन खेलमा आरुखर्क युवाक्लव ताकुमाझ लाकुरीबोटलाई ३–२ को सेटमा हराउँदै कास्कीले उपाधी जितेको हो । द्धितिय हुने आरुखर्क ताकुमाझ लाकुरीबोटले नगद ६० हजार, तृतिय हुन सफल बारपाक सुलिकोट गाउँपालिकाले नगद ३० हजार र चौथो हुने वाइसियल गलकोट बाग्लुङले १५ हजार नगद पुरस्कार सहित सबै बिजयी टिमले शिल्ड मेडल र प्रमाण पत्र पाएको आयोजकले बताएको छ ।
यसअघि मंगलबार सम्पन्न भएको सेमिफाइनल खेलमा आयोजक बारपाक सुलिकोट गाउपालीकालाई हराउँदै देउराली युवा क्लब कास्की फाइनलमा पुगको थियो । त्यस्तै प्रतियोगिताको तृतिय स्थानका लागी बारपाक सुलिकोट गाउपालीका र वाइसिएल गलकोट बाग्लुङ बिच प्रतिष्पर्धा भएको थियो ।
बारपाक सुलिकोट गाउपालीका तथा जन सहारा युवा क्लब देउरालीको संयुक्त आयोजनामा आइतबार देखि शुरु भएको प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो ।




















