संपादकीय
स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्ति सक्दा समेत जनताले गाउँमा पुगेकाो सिंहदबारको अनुभुति गर्न पाएका छैनन् । जनप्रतिनिधि नहुँदा जनताले भोग्नुपरेको सास्ती हट्ने विश्वासका साथ जनता जति उत्साहित भएका थिए, जनप्रतिनिधि आएपछि भने जस्तो काम नभएको गुनासो गर्न थालेका छन् । सिंहदरबारको अधिकार गाउँगाउँमा पुरयाउने अभियान केवल नारामा मात्रै सीमित हुनु विडम्बनाको विषय हो ।
एक त जनप्रतिनिधिले थुप्रै समस्या भोग्नुपरेको छ भने अधिकांश जनप्रतिनिधि आफूलाई जनताका सेवकभन्दा शासक बढी ठान्ने प्रवृत्ति देखिएको छ । केही जनप्रतिनिधिमा धेरै उत्साह र काम गरौँ भन्ने जोश र जाँगर पनि देखिन्छ । तर, केन्द्रबाट उचित सहयोग र समन्वय हुन नसक्दा उनीहरु नै अलमलमा परिरहेका छन् । स्थानीय तहमा विभिन्न विषयमा द्विविधा कायमै छ । जनप्रतिनिधि स्वयम् विविध काम लिएर सिंहदरबार धाउनुपर्ने अवस्था अझै हटिसकेको छैन । जनप्रतिनिधिमा भ्रम तथा द्विविधा निवारण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया केही महिनाअघि चितवन आएका थिए । केन्द्र सरकारले अझै पनि कर्मचारी व्यवस्थापन गरिसकेको छैन । स्थानीय तहमा आवश्यकता अनुसार कर्मचारी नहुँदा कामकाज नै ठप्प हुने अवस्था छ । केन्द्रीय नेताको पहुँच र प्रभाव नपरेका धेरै स्थानीय तह अझैसम्म स्राधन–स्रोतविहीन छन् । स्थानीय तहमा कानुन, नियम निर्माणलगायत आन्तरिक व्यवस्थापनका विषयमा कुहिराको काग बन्नुपर्ने नियति छ । स्थानीय तहले अन्य सरकारी निकायसँग समन्वय गरी जनताको सेवालाई प्रभावकारी बनाउनु आवश्यक देखिन्छ । जनप्रतिनिधी जिम्मेवार बनेर जनतालाई स्थानीय सरकारको अनुभुति गराउन लागि पर्नेु आवश्यक छ ।
स्थानीय सरकारको अनुभुति गराउ
स्थानीय सरकारको अनुभुति गराउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


