×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सहिदका नाम आएको ८० लाख हिनामिना गर्न लागेको सांसद आर्चायको आरोप

  •  
  • बिहिबार, जेठ १०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    जेष्ठ १० गते । प्रदेश सभा सांसद हरिशरण आर्चायले पालुङटार नगरपालिका वडा नम्बर २ मा ठुलो आर्थिक चलखेल हुन लागेको आरोप लगाएका छन । गोरखा क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेश नम्बर ४ मा निर्वाचित सांसद आचार्यले सहिद सुरेश वाग्ले स्मृति प्रतिष्ठानको नाम आएको ८० लाख बजेट बिना टेण्डर प्रतिष्ठान मार्फत काम गरी आर्थिक चलखेल गर्न लागिएको आरोप लगाएका हुन् । ‘राज्यको कानून विपरित यति ठूलो रकम उहाँहरुले बिना प्रतिष्पर्धा समिति मार्फत खर्च गर्ने लाग्नुभएको छ’ गोरखा समाचारसँग कुराकानी गर्दै आर्चाय भने ‘यो सिधै मिलाएर खाने योजना हो ।’ सहिद वाग्लेका कान्छा छोरा बिकास वाग्ले अध्यक्ष रहेको उक्त प्रतिष्ठानमा अधिकाश परिवारका सदस्य र आफन्तहरु नै सदस्य रहेका छन् ।

    एकाघरको परिवारका सदस्यहरु मात्र रहेको प्रतिष्ठानमा ८० लाख रकम खर्च गर्न वडा कार्यालय र नगरपालिकाले समेत अनुमती दिएको दिएर गम्भीर गल्ती गरेको उनको भनाई छ । वडा कार्यालयले प्रतिष्ठान मार्फत कामको जिम्मा दिनुपर्ने सिफारिस नगरपालिकालाई दिएको र नगरपालिकाले पनि सोही कुरा अनुमोदन गरेको आर्चायको आरोप छ । ‘मैले थाहा पाए अनुसार उहाँहरुले मेयर सापलाई प्रतिष्ठान मार्फत नै काम गर्न दबाब दिनुभएको थियो, उहाँले उक्त दबाब थेग्न सक्नुभएन, स्वीकृती दिनुभयो, यो गम्भीर गल्ती भयो ।’ गैरकानूनी रुपमा अनुमती दिने र लिने दुबै समृद्ध पालुंटार बनाउने अभियानको कालो सर्पको भएको सज्ञा दिदै सांसद आर्चायले उक्त कुरालाई सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया समेत व्यक्त गरेका छन् । आर्चायको फेसबुकवालमा यस्तो लेखिएको छ ।

    ‘मैले सही सुन्दैछु या गलत ! बुझ्ने र प्रमाणित गर्ने जिम्मा जनतालाई । जनतालाई सुचना दिने कर्तव्य नगर प्रमुख र उप–प्रमुखको हुनेछ । कुरो पालुंगटार नगरपालिका वाड नं–२ को ।शहीदको नाममा वाँडिचुडी खाने खेल ‘शहीद शुरेस वाग्ले स्मृति प्रतिष्ठान’ को नाममा रहेको ८० लाख बजेट, विना टेन्डर काम गर्ने अनुमति दिने र अनुमति दिनुस् भन्दै दवाव दिएर जवर्जस्त अनुमति लिएर जाने प्रतिष्ठानको अध्यक्ष र सिफारिस गर्ने वडा अध्यक्ष विच के सम्बन्ध छ ? खोजी गरौं । गैर कानूनी ढंगबाट अनुमति दिने र लिने दुवै समृद्ध पालुङ्टार बनाउने अभियानका काला सर्प हुन् । यसको सत्य तथ्य खोजी अभियानमा साथ दिनु हुन संबन्धित सबैसंग विशेष अपील गर्दछु !’

    सार्वजानिक खरिद ऐन मिचेर स्थानीय जनप्रतिनिधिले समेत प्रतिष्ठानलाई रकम दिन सहयोग गरेको उनको आरोेप लगाएका छ । यता पालुङटार नगरपालिका प्रमुख दिपकबाबु कंडेलले भने उक्त योजनाको सम्झौता नभएको बताएका छन् । ‘पैसा आएको छ, मैले उहाँहरुलाई प्रस्ताब पेश गर्न भनेको छु, सायद प्रस्ताप पनि आइसक्यो होला, कार्यालयका साथीहरु अध्ययन गर्दै हुनुहुन्छ, तर हामीेले योजना सम्झौता भने गराएका छैनौं ।’ पर्यटन मन्त्रालयले स्थानीय तह मार्फत उक्त रकम खर्च गराउने अख्यितारी सहित नगरपालिकामा निकासा पठाएको छ । सहिद सुरेश वाग्ले स्मृती प्रतिष्ठानका अध्यक्ष एवं उनका कान्छा छोरा बिकास वाग्लेले सांसद आर्चायको कुराको खण्डन गरेका छन् ।

    आर्थिक वर्षको अन्तिममा अख्तियारी आएको भन्दै उनले अब धेरै समय नरहेकाले टेण्डर प्रक्रियामा जाँदा काम हुन नसक्ने बताए । सोही अनुरुप प्रतिष्ठान मार्फत काम गर्न नगरपालिकामा अनुरोध मात्र गरिएको उनको भनाई छ । ‘नगरपालिकाको इन्जिनियर र म बसेर ड्रोइङ डिजाईन गरि स्टेमेन्ट तयार गरेका छौ’ वाग्लेले भने ‘उक्त प्रस्ताव हिजो (मंगलबार) मैले नगरपालिकामा पेश गरेको छु ।’ पर्यटन मन्त्रालयबाट प्राप्त उक्त रकमले माओवादी दशवर्षे विद्रोहका क्रममा मारिएका सबै भन्दा उपल्लो स्तरका नेता सुरेश वाग्ले स्मृति विभिन्न संरचना निर्माण गर्न लागिएको हो ।

    माक्र्सबादी पुस्तकालय निर्माणको लागि भन्दै वडा कार्यालयले पनि ४ लाख बजेट छुट्याएको छ । नगरप्रमुख र स्मृति प्रतिष्ठानको कुरा सुन्दा काम अगाडी अगाडी नबढे पनि प्रतिष्ठानले भने बिना टेण्डर आफै गर्ने अनुमतिका लागि ठुलै कसरत गरेको देखिन्छ । वाग्लेका नाम सँग जोडिएर यस अघि पनि धेरै पैसा आएको त्यसको कुनै प्रतिफल नदेखिएको आरोप पनि छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, जेठ १०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.