मोहसिन अलि मियाँ/गोरखा
जेष्ठ १० गते । प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका गोरखाका ६ उम्मेदवारले अझैसम्म पनि निर्वाचन खर्च नबुझाएको पाइएको छ । निर्वाचन सम्पन्न भएको ६ महिना बितिसक्दा समेत उनिहरुले खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
जिल्लामा बिभिन्न राजनीतिक दलहरुबाट कुल ३६ उम्मेदवार रहेकोमा ३० जनाले मात्रै खर्च विवरण प्राप्त भएको कार्यालयको भनाई छ । निर्वाचन आयोगको नियमअनुसार चुनाव सम्पन्न भएको मितिले १ महिना भित्रमा खर्च विवरण बुझाउनुपर्ने भए पनि उम्मेदवारहरुले अटेर गरिरहेको कार्यालयले जनाएको छ । ‘निर्वाचन आयोगको नियम अनुसार त एक महिनाभित्र सबैले निर्वाचन खर्च बुझाउनुपर्ने हो, तर यहा ६ महिना बित्यो, दिनका दिन फोन गर्दा नि आउदैनन’ कार्यालयका सुचना अधिकारी कमलापति अधिकारीले भने ‘खर्च विवरण बझाउनका लागि फोन मात्रै हैन पत्र नै काटेका छौ तै पनि चासो दिदैनन्’
हालसम्म पनि खर्च विवरण नबुझाउनेमा गोरखा क्षेत्र नम्बर १ बाट संघिय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका दिपेन्द्र गुरुङ, नेपाल संघिय समाजवादी पार्टीका कृष्ण गोपाल बञ्जरा रहेका छन् । त्यस्तै क्षेत्र नम्बर १ को प्रदेश क बाट समाजवादी फोरम कै गोमा देवि कार्की, क्षेत्र नम्बर २ को प्रदेश क मा उम्मेदवार बनेका होम बहादुर तामाङले समेत हालसम्म खर्च विवरण बुझाएका छैनन् ।
यसैगरि निर्वाचन खर्च नबुझाउनेमा क्षेत्र नम्बर २ को प्रदेश क मा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट उम्मेदवार बनेका सेन बहादुर सुनार र २ कै प्रदेश ख मा संघिय समाजवादी फोरमका दिलिप श्रेष्ठ रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । हालसम्म पनि निर्वाचन खर्च विवरण पेश नगर्ने सबै पराजित उम्मेदवार हुन् । यता निर्वाचन आयोगले निर्वाचनमा आफूले गरेको खर्चको विवरण तोकिएको अवधिमा नबुझाउने उम्मेदवारहरुलाई आर्थिक कारबाहीदेखि उम्मेदवार हुन रोक्ने सम्मको कारबाही गर्ने बताउँदै आएको छ ।
तर अन्य ३० उम्मेदवारको भने निर्वाचन आयोगले नै तोकेको समयसिमा भित्र खर्च विववरण प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ । गत मंसिरमा भएको प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेकाहरुमध्ये सबैभन्दा बढि खर्च क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले गरेका छन् । उनले २४ लाख ११ हजार २ सय ४५ को खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाएका छन् । उनका निकटतम प्रतिद्धन्दी तत्कालिन माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने १७ लाख २९ हजार ९ सय २५ खर्च भएको विवरणमा उल्लेख छ । भट्टराईलाई काँग्रेसले साथ दिएको थियो भने श्रेष्ठलाई एमालेको सर्मथन रहेको थियो ।
त्यस्तै बढि खर्च गर्नेमध्ये नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठ दोस्रो नम्बरमा परेका छन् । उनले २२ लाख ७५ हजारको खर्च विवरण बुझाएका छन् भने उनलाई पराजित गरेका तत्कालिन माओवादीका हरिराज अधिकारीले १७ लाख १४ हजार १ सय ४० खर्च भएको भन्दै विवरण पेश गरेका छन् । उनिहरु क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । पराजित श्रेष्ठलाई नयाँ शक्ति र अधिकारीलाई एमालेको साथ रहेको थियो ।
चुनाव हारेका ६ उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्
चुनाव हारेका ६ उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


