नरेन्द्र ढकाल/गोरखा
जेष्ठ ९ गते । जिल्लाका ७५ प्रतिशत लाभग्राहीले दोश्रो किस्ता रकम पाएका छन् । ६१ हजार ३१६ लाभग्राही रहेको गोरखामा हाल सम्म ४६ हजार २०० लाइ दोश्रो किस्ताको लाभग्राहीमा प्रमाणीत भई उनीहरुको खातामा रकम पठाएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) गोरखाका शिव पौडेलले जानकारी दिए । ‘दोश्रो किस्ता बुझेको तथ्याङ्क हेर्दा यति देखिएको हो, अरु पनि प्रक्रियामा छन केही दिनमै यो संख्या बढ्छ ।’ राष्ट्रिय पुनर्निमाण प्राधिकरणकाको वेबसाईडमा राखिएको तथ्याङ्क अनुसार ४७ हजार ९५ जनाले दोश्रो किस्ताका लागि आवेदन भरेका छन् । लाभग्राही प्रमाणीत भई खातामा दोश्रो किस्ताको रकम गएको प्रतिशतलाई हेर्दा ७५.४९ प्रतिशत हुन आउँछ । घरनिर्माण सम्पन्न गरी तेश्रो किस्ता माग गरेका २१ हजार ९६४ मध्ये, २१ हजार ७२ जनाले तेश्रो किस्ता समेत पाइसकेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । हाल सम्म २१ हजार २४२ घर पुर्ण रुपले निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न भएको संख्या भने नेपाल सरकार मार्फत अनुदान लिने र गैसस मार्फत बनाईका दुबै घरको हो । यद्यपी आधा भन्दा धेरै लाभग्राहीले घर निर्माण कार्य सम्पन्न गरिसकेपनि तेश्रो किस्ता लिने प्रक्रियामा रहेकाले यो संख्या केही थोरै देखिएको प्राधिकरणको भनाई छ । ‘अधिकाशं ठाउँमा घर बनिसकेका छन्, नबनाउनु भएकाहरुले पनि बनाउँदै हुनुहुन्छ, ती घरहरुले आवश्यक प्रक्रिया पुरा गर्ने बित्तिकै यो संख्या त ह्वातै बढिहाल्छ’ पौडेलले भने । ५२ हजार ४४८ घर निर्माणाधिन रहेको जिल्लामा दोश्रो किस्ताका लागि सरकारले तोकेको असार मसान्तको समय सिमाका कारण घर बनाउने कामले तिब्रता पाएको छ । वर्षा नजिकिदै गरेकाले पनि अधिकाशं लाभग्राहीले वर्षा अघि नै घर सम्पन्न गर्ने गरी काम गरिरहेको बताएका छन् । लाभग्राहीको सूचिमा नाम समाबेश भएका लाभग्राहीले धमाधम घर बनाइरहँदा नाम छुटेका १५ हजार भन्दा बढि भूकम्प पिडित भने अझै सरकारी अनुदानको बाटो हेरेर बसेका छन् ।
यसै विच प्राधिकरणको काम अब साबिकको जिल्ला प्राविधिक कार्यालयबाट हुने भएको छ । नयाँ संरचना अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) गोरखाको कार्यालय साबिकको जिल्ला प्राबिधिक कार्यालय रहेको भवनमा राखिएसँगै अब पुर्ननिर्माण प्राधिकरण मार्फत हुने काम त्यहीँबाट हुने भएको हो । ‘आगामी साउनबाट हामीले नयाँ सरचना अनुसार खाली रहेको सरकारी कार्यालय यो कायालय स्थानान्तरण गर्नुपर्थो’ पौडेलले भने ‘यहाँ सार्दा काम गर्न सजिलो पनि हुन्छ भनेर आज देखि यहाँबाट काम सुरु गरेका हौं ।’ कार्यालय सरेपछि अब सर्वसाधरणलाई प्राधिकरण, जिल्ला समन्वय र कोलेनिका धाउन परेको अप्ठ्यारा सहज हुने भएको छ । ‘हामी अधिकाशं कर्मचारीहरुले माथिको अफिसबाटै काम सुरु गरेका छौं । अफिस सरेकाले कोही भुक्किनुहुन्छकी भनेर एक जना कार्यालय सहयोगी भने केही समय तल बस्नु हुनेछ’ पौडेलले भने । राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाइ अन्र्तगत रहने उक्त कार्यालयमा प्रमुख रामकुमार श्रेष्ठ सहित १५ जनाको दरबन्दी रहेको छ । उक्त कार्यालयले अब जिल्ला समन्वय समिति मार्फत भएको पुर्ननिर्माणको काम आफै गर्नेछ । भूकम्पिय आपत्तकालिन सहायता परियोजना पनि मातहत रहने काम पनि अब सोही कार्यालय मार्फत हुने भएपनि शिक्षा र शहरी आवासमा रहेका जिल्ला आयोजना कार्यालय भने साबिककै अबस्थामा रहने प्राधिकरणले स्पष्ट पारेको छ ।
७५ प्रतिशत लाभग्राहीको खातामा दोश्रो किस्ता गयो
७५ प्रतिशत लाभग्राहीको खातामा दोश्रो किस्ता गयो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


