गोरखा समाचारदाता
शहिदलखन गाउँपालिका वडा न ७ बुङ्कोट थोर्के स्थित धन बहादुर श्रेष्ठका तिन सन्तानमा अपांग भएको परिवारलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज ईनासले आर्थिक सहयोग गरेको छ । इनासले युएइबाट पठाएको करिव ४५ हजार रकम मंगलबार गोरखा खबरका सम्पादक लिलाधर कोइराला र वडा अध्यक्ष शरण श्रेष्ठले धनबहादुरलाई घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।
तीनै जना सन्तानमा अपांगता भएपछि धनबहादुर दम्पतिालई समस्या भएको भन्दै बिभिन्न सञ्चार माध्यममा खबर प्रकाशन र प्रसारण भएसंगै बिभिन्न संघसंस्था र ब्यक्तिले सहयोग गरेका थिए । । नयाँ घर बनाउन नसकेपछि उनीहरु त्यही भत्केको घरमा बस्न बाध्य भएका थिए । वडाअध्यक्ष श्रेष्ठको पहलमा धनबहादुरलाई घर बनाइदिने अभियानमा हालसम्म करिब १२ लाख रकम जुटेको छ ।
हालसम्म घरको डिपिसी र नौ वटा पिलरको काम सकिएको र जेठ अन्तिम सातासम्म ढलान सक्नेगरि काम भइरहेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । केही समयअघिसम्म नेपाली सेनाले धनबहादुरको घर बनाउन १५ दिन ११ जनाका दरले श्रमदान गरेका थिए । घर सम्पन्न गर्न १५ लाखको लागत इष्टिमेट गरिएको भएपनि ढुवानीमा खर्च बढेकाले लागत रकम बढ्न सक्ने वडा अध्यक्ष श्रेष्ठले बताएका छन् ।
अपांग परिवारको घर बनाउन ईनास युएईको सहयोग
अपांग परिवारको घर बनाउन ईनास युएईको सहयोग
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


