कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ७ गते । जिल्लामा लागु औषध र पशु करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन । उनीहरुलाई प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार लागु औषध सहित गोरखा नगरपालिका ६ दरर्बार मार्गका बिमल मरहट्टा र सुरेश थापालाई पक्राउ गरीको छ । गोरखा बजारको तिनधारे स्थित सार्वजनिक स्थानमा लागु औषध प्रयोग गरेको भन्ने सुचनाका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये मरहट्टाको घरमा खानतलासी लिएको थियो । खानतलासीबाट एम्काडोल १ सय एमजिको १४ ट्याबलेट, भोमिनिल ५ एमजिको २ ट्याबलेट बरामद भएको जानकारी दिएको छ ।
त्यस्तै गरी पशु करणीको आरोपमा गोरखा नगरपालिका ६ निवासी बिक्रम मालबुललाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकामको चन्दनी चौतारी स्थित राजन सिर्मलको घरमा बाधेको बाख्रालाई करणी गरेको भन्दै मालबुललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो । दुवै अपराधमा पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भै रहेको कार्यालयले जनाएको छ ।
लागु औषध र पशु करणीका तिन ब्यत्ती पक्राउ
लागु औषध र पशु करणीका तिन ब्यत्ती पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















