कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ७ गते । बर्षा याम शुरु भए संगै गोरखा सदरमुकाममा बिपद प्रतिकार्य तालिम शुरु भएको छ ।
नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा गोरखाको आयोजनामा सोमबार देखी सदरमुकाममा तालिम शुरु भएको हो । तालिमको एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले उदघाटन गरेका थिए ।

तालिममा रेडक्रशका उपशाखा तथा नेपाल प्रहरी र शसत्र प्रहरीका जवानहरु गरी २४ जनाको सहभागीता रहेको जिल्ला शाखाका सभापति भगवानबावु मास्केले जानकारी दिएँ ।

तालिम जेष्ठ १२ गते सम्म सञ्चालनमा आउने छ ।




















