गोरखा समाचारदाता
गोरखा नगरपालिका वडा नम्बर २ मा निर्माण भएको भुकम्प प्रतिरोधी नमूना घर स्थानीयलाई हस्तान्तरण गरिएको छ । क्थोलिक रिलिफ सर्भिस सिआरएस सँगको साझेदारमा पद्धती विकास सेवा केन्द्रले निर्माण गरेको २ कोठे उक्त भवन एक कार्यक्रमका विच जुनतारा मोइ समुहलाई हस्तान्तरण गरिएको हो । २० लाख ५९ हजार ३ सय ५९ लागतमा बनेको उक्त भवन गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच उद्घाटन एवम समुदायलाई हस्तान्तरण गरेका छन् ।
उक्त भवन निर्माण गर्दा स्थानीयलाई ५० दिने अर्धदक्ष कामदार तालिम समेत दिइएको बताइएको छ । कार्यक्रममा भवन निर्माणका लागि जग्गा दान गर्ने स्थानीय युद्धकुमारी रानालाई सम्मान समेत गरिएको थियो ।
वडा नम्बर २ का वडाअध्यक्ष रहमतुल्ला मियाँको अध्यक्षतामा भएको भवन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख पन्त, उपप्रमुख विनाकुमारी श्रेष्ठ, पद्धती विकास सेवा केन्द्रका अध्यक्ष भुमिनन्द देवकोटा, पत्रकार महासंघ गोरखाका सचिव नरहरी सापकोटा, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितीको सचिवालयका शिवलाल पौडेल, वडा नम्बर १ का वडाअध्यक्ष हिक्मत बहादुर कुवँर, स्थानीय समाजसेवी भुवन बहादुर आले, पद्धतीकी कार्यकारी निर्देशक कमला लामिछाने लगायतले मन्तब्य राखेका थिए ।
नमुना घर हस्तान्तरण
नमुना घर हस्तान्तरण
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















