नरेन्द्र ढकाल/गोरखा
जेष्ठ ६ गते । पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङ्गका जेष्ठ नागरिकले वृद्धभत्ता नपाएको गुनासो गरेका छन् । पालुङटार नगरपालिकाले बैङ्ग मार्फत वृद्धाभत्ता लिनुपर्ने व्यवस्था गरेपछि अशक्त वृद्धावृद्धाले ८ महिना देखि भत्ता बुझ्न नसेको स्थानीय अम्बर बहादुर भट्टले गुनासो गरे । ‘बस चढ्नै हुँदैन, एकछिन उभिन सक्दिन, हिडेर जाउँ, हिड्न हिड्न हुँदैन’ भट्टले भने ‘नसक्ने भएपछि त सरकारले दिएको सुबिधा पनि पाइदो रहेनछ ।’ दशै अघि सकिनसकि वडा कार्यालयमा पुगेर भत्ता बुझेका भट्टले त्यसपछि भत्ता पाएका छैन् ।
गाउँका अन्य मानिसहरुले पालुङटारमा गएर बैङ्क मार्फत भत्ता बुझेको भएपनि आफू जान नसकेको उनको गुनासो छ । ‘अन्त तिर त मेयरले घर÷घरमा पुगेर भत्ता दिएको रेडियोमा समाचार सुन्छु हाम्रै गाउँमा मात्र कसैले ल्याइदिदैन्’ सुस्केरा हाल्दै उनले दुखेसो गरे । उमेरले ७३ वर्ष भएका भट्टको सम्पतीका नाममा २/४ रोपनी पाखो बारी छ ।
घरले छाएको सानो घर पनि भूकम्पले भत्काइदियो, अहिले उनी श्रीमतीसँग त्यहीँ भत्किएको घरमा बसिरहेका छन् । दुई छोरा र दुई छोरीका बाबु उनको अहिले साहरा पनि कोही छैन् । ‘छोरो बुहारीलाई, छोरी ज्वाइँलाई भइहाल्यो, हामी बुढाबुढीलाई कसले हेर्छ र’ भट्टले भने ‘कमाई केही छैन, त्यही भक्ता पाउन पाए पनि चिया खाने पैसा हुन्थ्यो ।’ छोराहरु छुटिएर अन्यत्र बसे उनीहहरु साहरा विभिन भएका हुन् ।
भट्ट जस्तै धेरै वृद्धवद्धाले लामो समय देखि भत्ता सुबिधा नपाएको गुनासो गरेका छन् । उता पालुङटार नगरपालिका प्रमुख दिपकबाबु कंडेलले भक्ता वितरणका लागि वडा अध्यक्षलाई निर्देशन दिइसकेको बताएका छन् । ‘मैले वडा अध्यक्ष र सचिव दुबैलाई यो समस्यालाई गम्भीर रुपमा लिएर यथाशिघ्र भत्ता उपलब्ध गराउन भनेको छु, आशा छ उहाँहरुले केही दिनमा पाउनुहुनेछ ।’
वडा अध्यक्ष कृष्ण परियारले भने बैङ्कका कारणले समस्या भएको छ । ‘बैङ्कलाई यहीँ आएर भक्ता बाडिदिनु भन्दा मान्नुभएको छैन, धेरै जतिले वडा कार्यालयको सिफारिस र मुन्जुरी नामामा पनि भक्ता बुझ्नुभएको छ’ वडा अध्यक्ष परियारले भने ‘बुझेर ल्याईदिने मानिस पनि नभएकाहरुलाई समस्या भएको हो ।’ स्रागिला बिकास बैङ्कको कार्यक्षेत्र रहेको खोप्लाङ्गमा उक्त बैङ्गले अटेरी गरेको वडा अध्यक्षको आरोप छ । ‘अरु बैङ्कले गाउँमै गएर बाडेका छन्, उहाँहरु आउनुपनि हुन्न् हामिलाई दिनु हामी लगेर बाड्छौ भन्दा पनि दिनुहुन्न् ।’
आईतबार बैङ्कसँग कुरा गरी यथाशिघ्र रोकिएका सबैलाई भक्ता उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।


