×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कांग्रेसको जिल्ला उपसभापतीमा दवाडी

  •  
  • आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    जेष्ठ ६ गते । अधिवेशन भएको लामो समय पनि नेपाली कांग्रेसको जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । शनिवार जिल्ला पार्टी कार्यालय तिनधारेमा बसेको बैठकले पूर्व सचिव सुकदेव दवाडीलाई उपसभापतीमा मनोनय गरेसँगै जिल्ला कार्यसमितिले पूर्णता पाएको हो ।

    जिल्ला सभापती हरि बहादुर घलेको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आथित्यतामा भएको बैठकले दवाडीलाई उपसभापतीमा चयन गर्ने सहित ७ वटा महत्वपूण निर्णय गरेको प्रवक्ता नारायण लामिछानेले जानकारी दिए । ‘पार्टीको नियमित बैठक बसेका थियौं, उपसभापती चयन र केही महत्वपूर्ण निर्णयहरु गरेका छौ’ उनले भने ।

    आकाक्षी धेरै भएपछि महाधिवेशन भएका लामो समय सम्म पनि  कांग्रेसले कार्यसमितिलाई पूर्णता दिन सकेको थिएन् । अन्ततः पूर्व सचिव एवं कांग्रेस गोरखामा सालिन नेताको छवी बनाएका सुकदेव दवाडीको नाममा सहमती जुटेपछि समितिले पूर्णता पाएको हो । सिम्जुङमा जन्मिएका दवाडी कांग्रेसको पेशागत सगठन हुँदै मुलधारको राजनितिमा प्रवेश गरेका हुन् ।

    बैठकले कांग्रेस गोरखाको सगठन सुदृढीकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय समेत गरेको लामिछानेले बताए । ‘अहिले हाम्रो ध्यान संगठन सुदृढीकरणमा केन्द्रित छ फेरिएको राज्य संरचना अनुसार अगाडी बढ्ने निर्णय भएको छ ।’ सोही अनुरुप कांग्रेस जिल्लाका सबै स्थानीय तहमा कार्यसमिति निर्माण गर्ने भएको छ ।

    यद्यपी नगरपालिकामा कांग्रेसको कार्यसमिति क्रियाशिल छ । उक्त अभियान अन्र्तगत गाउँपालिकाहरुमा कार्यसमिति निर्माण गर्न लागिएको उनले बताए । निर्वाचन पछि हालसम्म जिल्लाका अधिकाशं स्थानीय तहमा तिन चरणको अभियान सञ्चालन भइसकेको कांग्रेसले बताएको छ । जस अन्र्तगत चुमनुब्री, धार्चे, अजिरकोट, सिरानचोक, गण्डकी पालुङटार नगरपालिका, सहिद लखन गाउँपालिकाको घैरुङ र मनकामना, भिमसेन थापा आरुघाट गाउँपालिका अभियान सम्पन्न भइसकेको र बाँकी स्थानमा पूर्णता दिएर चौथो चरणको अभियान सुरु गर्ने तयारी भएको जिल्ला सहसचिव समेत रहेका प्रवक्ता लामिछानेले जानकारी दिए ।

    ११ स्थानीय तह रहेको गोरखामा ९ स्थानमा जितेको काग्रेसले ४ वटा प्रदेश मध्ये १ वटामा मात्र बिजय प्राप्त गरेको थियो । प्रतिनिधि सभाको २ क्षेत्र रहेको गोरखामा कांग्रेसको प्रतिनिधित्व नै छैन् । स्थानीय तह निर्वाचन जितेको कांग्रेसले अन्य निर्वाचनहरुमा लज्जापद हार व्यहोरेपछि संगठन सुदृढीकरणलाई तिब्रता दिएको दाबी गरेको छ । यसैविच नेपाल तरुण गोरखा पनि एक कार्यक्रम गरेको छ ।

    देशव्यापी रुपमा भएको कार्यक्रम अन्र्तगत गोरखामा पनि तरुणदलले आफू मातहतका नेता कार्यकता प्रशिक्षण दिएको जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.