गोरखा समाचारदाता
जेष्ठ ६ गते । जिल्लामा १२ बर्ष मुनिको फुटबल खेल तालिमकालागि २४ जना खेलाडी छनौट भएका छन् । गोरखाजिल्ला फुटबल संघले आयोजना गरेको छनौट खेलमा २४ सहित ६ जना बैकल्पिक खेलाडी समेत छनौट भएका छन् ।

अखिल नेपाल फुटबल संघका उपाध्यक्षएवं पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह ज्यूको नेतृत्वको टोलीले खेलाडी छनौट गरेको जिल्ला फुटबल संघका अध्यक्षदिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । छनौट टोलीमापूर्व कप्तान द्धय हरि खड्का र राकेश श्रेष्ठ साथै जिल्ला स्थित प्रशिक्षकहरु सरोज श्रेष्ठ र अमितखत्री समेत सहभागीभएकाथिए ।
संघले आह्वान गरेको खेलाडी छनैेट कार्यक्रममाआवेदनदिएका ९४ जनाबाल फुटबल खेलाडीहरुबाट २४ र ६ बैकल्पिकगरि ३० खेलाडी छनौट भएकाहुन् । उनीहरुलाई जिल्ला फुटबल संघले नियमित प्रशिक्षण दिने बताइएको छ ।





















