कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ५ गते । गोरखा उद्योग बाणिज्य संघले नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पुरानो एम्बुलेन्समा खर्च अधिक भएको भन्दै संघले नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

कानूनि विधी र प्रकृया पुरा गरी ५ महिना पछि प्राप्त उत्त एम्बुलेन्सका सनिबार एक कार्यक्रम बिच संघका जिल्ला अध्यक्ष जिवनज्योति श्रेष्ठले पुजा गरेका सञ्चालनमा ल्याएको थियो । ग.२ च ७६९७ नम्बरको उत्त एम्बुलेन्स नेपाल सरकारबाट भन्सार छुट मार्फत प्राप्त गरेको हो ।

एम्बुलेन्सका लागि कुल १० लाख १२ हजार ४ सय रुपैयाँ भूक्त्तानी गरीको संघका कार्यालय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिएँ । एम्बुलेन्समा १ अतिरिक्त बिरामी बोक्ने स्ट्रेचर, औषधी राख्ने दराजका साथै अक्सिजन सिलिण्डर जडान गरीएको छ ।


एम्बुलेन्स पुजामा संघका हालका पदाधिकारीका साथै निवर्तमान अध्यक्षका साथै भू.पु. अध्यक्षहरुको उपस्थिती रहेको थियो ।



