संपादकिय
सघंसस्थाले जिम्मा लिएका विद्यालय भवन लामो समयसम्म बन्न नसकेका खबर सार्वजानिक भएका छन् । भूकम्प पिडितलाई सहयोग गर्ने प्रवित्र भावनामा दाताहरुले दिएका सहयोग समय मै खर्च हुन नसक्नुले त्यसको उदेश्यमा समेत आँच पुरयाएको छ । शिक्षा जस्तो महत्वपुर्ण क्षेत्रमा भूकम्पले ठूलो असर गरेको छ । उक्त भौतिक तथा शैक्षिक खाडल पुर्न वषौं लाग्न सक्छ । यस्तो संवेदनशिल विषयलाई विशेष ख्याल गरेर काम गर्नु आवश्यक छ ।
सघंसस्था सरकार र समुदाय दुबैका सहयात्री हुन् । नेपाल जस्तो अल्प विकसित मुलुकमा सरकार आफैले मात्र केही गर्न सक्दैन् । नेपालमा सघं सस्था अर्थात गैरसरकारी क्षेत्रबाट ठूलो सहयोग प्राप्त भएको छ । भूकम्प पछिको पुर्ननिर्माणलाई हेर्ने हो भने पनि उक्त कुरा प्रष्ट हुन्छ । हामीलाई दाताले पठाएको रकम अन्तराष्ट्रिय गैरसरकारी क्षेत्र बाटै आएका हुन् । त्यसको अलवा समाजमा भएका विभिन्न गतिविधिमा गैससले महत्वपूर्ण भूमिका निवाह गरिरहेको छ । खानेपानी, स्वास्थ्य, शिक्षा, जिविकोपार्जन र चेतनाअभिवृद्धिका क्षेत्रमा उनीहरुले पिडितलाई साथ सहयोग गरिरहेका छन् । यस्तो अवस्थामा केही गैरसकारी सस्थाहरुको कामका कारण अधिकाशं विवादित हुनुपर्ने अवस्था पनि आइराखेको छ । सँगै जिम्मा पाएका संघ सस्थाले काम सकेर स्थानीय सरकारलाई बुझाइसक्दा समेत कतिपय गैरसकारी सस्थाहरुले अहिले सम्म काम सुरु गर्न नसकेको तितो यर्थाथ हाम्रै सामू छ । हामीले गुडनेवर्सलाई मात्र भन्न खोजेका होइन् । उसको पनि आफ्नै वाध्यता पनि होला । तर अब धेरै ढिला भइसकेको छ । सरोकारवासबे जिम्मेबार बन्नै पर्छ । भूकम्प पिडितका भावनामा खेडबाड गर्ने छुट कसैलाई छैन् ।
प्रतिवद्धता पुरा गरयौ
प्रतिवद्धता पुरा गरयौ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















