गोरखा समाचारदाता
विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमाप्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको छ । गोरखानगरपालिका वडा नम्बर १० स्थित तारा माध्यामिकविद्यालयकाशिक्षकविनोद पाण्डेले आफ्नै विद्यार्थीलाई यौन दुव्यवहार गरेको भन्दै प्रहरीले उनलाई गएराती नियन्त्रणमा लिएको हो ।
बुधबार विद्यालयमा कम्प्युटर कक्षामाएक्लै रहेको मौका छोपेर १३ बर्षकीछात्रालाई सुम्सुम्याउदै संवेदनशिलअंगमाछोएको भन्दै पिडित बालिकाको आफन्तले प्रहरीमाउजुरी गरेकाथिए । ‘दिउसो ४ बजे तिर स्कुलमात्यस्तो भएछ, हामीलाई बेलुका ८/९ बजे मात्रै खबर आयो, अनिहामीले राती नै शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धानगर्दैछौ’ जिल्लाप्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले भने ।
घटना पछि बिहिबार दिउसो बालिका र शिक्षक पाण्डेको स्वास्थ्य परिक्षणका लागि पठाईएको र जिल्ला अस्पतालबाट रिपोर्ट आइनसकेको डिएसपी रिजालको भनाई छ । ‘हामीबुझ्दै छौ, अस्पतालबाट रिपोर्ट आइसकेको छैन’ ।
तर शिक्षक पाण्डेले भने आफुले नियतबस यस्तो नगरेको दावी गरेका छन् । हालउनलाई जबरजस्तीकरणी उद्योग अन्तरगत मुद्धा दर्ता गरि कानुनीकारबाहीको प्रक्रिया अघि बढाइएको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।




















