बद्री बाहादुर मास्के
विस्वको सुन्दर देसहरु मध्ये नेपाल पनि एक हो । यहाँ बहुजाती, बहुभाषाभाषी, विविध भेषभुषा, विविध कला, सांंस्कृति, बहुधार्मीक तथा ऐतिहाँसीक र विविध प्राकृतिक पर्यावरणले भरिपुर्ण भएकोछ । यहि देसमा भृकुटी, गौतम बुध्द, सिता जस्ता माहान सान्तीदुतहरु जन्मेका देस भनेर विस्वभरि चर्चा पाएका छन् । विस्वका आठवटा अग्लो हिमालहरु मध्ये सातवटा यहि छन् । दुरदर्शी राजा पृथ्विनारायण शाह गोरखामै जन्मेका हुन र बाहादुर गोरखाली भनेर विस्वमा चिनाउने देसपनि यहि हो । तालतलैया, मठमंन्दीर, सत्तल, गुम्बा आदीले भरिएको देस भएकोले विस्वमै पहिलो पर्यटकीय क्षेत्र बनाउन सकिने कुरामा कसैले पनि नकारेका छैनन् । न्यूज २४ ले ५ जनवरी २०१६ को वेवसाईटमा समाचार प्रकाशित गरेर पर्यटनका लागि क्रमसः कोलम्बीय, क्यूवा, जोर्डन, अल्बानिया, रोमानिया, अलसाल्भाडोर, वेल्स, केन्या, श्रीलंका र नेपाल गरि १० उत्कृष्ठ देसहरु मध्ये नेपाल पहिलो नंबरमा परेको भनेर प्रकाशीत गरेको थियो । त्यसमा पनि सात प्रदेसहरु मध्ये धेरै पर्यटकहरु आउने र मनपराउने यहि चारनंबर प्रदेस उत्कृष्ठमा पर्छन । तर प्रकृतिले दिएको मनमोहक श्रृंखलाहरु बाहेक पर्यटकीय दृष्टीकोणले यहाँ खासै ठुलो निर्माण हुनसकेको छैन ।
नेपाल एउटा यस्तो मुलुक हो हिमाल, पहाड र समथर सबै किसिमको पृष्ठभुमी भएको ब्राजिल पछिको दोश्रो जलश्रोतको धनी हो । यस्तो देसमा जलश्रोत र पर्यटकीय विकासवाट विस्वलाई आकर्षण गर्न सकेका छैनौं, विकास गर्ने यूवासक्तिहरु अर्को देसको विकासमा पठाई रहेकाछौं । अनि यहाँ कसले गर्छ विकास बाँकी रहेका बुढाबुढीले ? त्यसैले खेतवारी बाँझो राखेर बाह्य देसवाट आयात गरि नेपाली जनता बाँच्ने काम भएकोछ, यसरि देस कति दिन चल्छ ? देसलाई दैनिकी चाहिने अत्यावश्यक बस्तुहरु देसभित्रै उत्पादन गरि यातायात, सन्चार देखि चुलाचौकाको ईन्धन आयात गर्न छाडेर विद्युतवाटै चलाउन प्रयास किन नगर्ने ? अर्कोतिर विस्वमै नपाईने जडिबुटी यहाँ पाईन्छ । विस्व अहिले जडिबुटीबाट बनेको आयूर्वेदीक औषधी र अर्गानिक खानेकुरामा आकर्षीत भईरहेको अवस्था छ । यो सबै जान्दाजान्दै पनि हामि केकुरामा अलमल्लि रहेकाछौं कुन्नी थाहा भएन ।
चारनंबर प्रदेस मध्यभागमा अवस्थित, प्राकृतिक दृष्टीकोणले अन्य प्रदेस भन्दा आकर्षक देखिन्छ । यसमा पनि गोरखा जिल्ला ऐतिहाँसीक र धार्मीक दृष्टीकोणले अझै अगाडी छ । तर यसको विकास र संरक्षण, प्रचारप्रसार विना अगाडी बढ्न सकेको छैन । राजा रामशाहको “न्याय नपाय गोरखा जानु” भन्ने उखान यहि जिल्लाको हो । वाईसेचौविसे राज्यलाई एकिकरण गरि विशाल बनाउने पनि यहि जिल्ला हो । बाहादुरी कमाउने जिल्ला पनि यहि हो । नेपाल एकिकरण हुनुभन्दा अगाडीका अजिरकोट, लिगलिगकोट, ताकुकोट, शुलीकोट, धुवाकोट, बुंकोट जस्ता ऐतिहाँसीक कोटहरु अझै पर्यटकहरु कुरेर बसेका छन यहि जिल्लामा ।
धार्मीक दृष्टीकोणले गोरखनाथ, कालिका, बज्रभैरव, गणेशस्थान, पुष्करतिर्थ, पाञ्चायन परिसर, कृष्णमन्दिर, गितामन्दिर, बिरिमकाली, राधावल्लभेस्वर, हनुमानथान जस्ता धार्मिक महत्व बोकेका मन्दिरहरु नगरपालिका भित्रै छन्भने जिल्ला भित्र रहेका मनकामना, बक्रेश्वर, रामसीता (खोप्लाङ्ग), भगवती (फिनाम), भिमेश्वर (नाम्जुङ्ग), अकला (धुवाकोट), अन्नपुर्ण (खोप्लाङ्ग), अजिर्कोट कालिका (ंसपुर) आदी मन्दिरहरुले धर्मको खोजी र अन्वेषणमा हिडेका पर्यटकहरुलाई आकर्षण गरिरहेका छन् । पुरानो बौध्द गुम्बाहरु श्रृङ्गीगुम्बा, राजनगुम्बा, दोरोनगुम्बा, पुगेनगुम्बा, मूगुम्बा गरी छेकम्पार, प्रोक, विही, साम्दो, सामागाउं, चुम्चेत, लोहो, सिर्दिवासमा गरि जम्मा ७९ वटा गुम्वाहरु यस जिल्लामा रहेको तथ्याङ्कले देखायका छन् । अर्कोतिर हर्मी, कोखे, र लिगलिग क्षेत्रमा गरी तीनवटा मस्जिद र आंपपिपल, कुन्दुर र गोरखाबजार क्षेत्रमा गरी ३ वटा चर्चहरु पनि नकार्न मिल्दैन । यस्ता अनगिन्ती मन्दिर, गुम्वा, चर्च, मस्जिदले गोरखा जिल्लाको पर्यटकीय विकासलाई थपटेवा पु¥याई रहेका छन् । औषधोपचार दृष्टीले मानिसहरु नुहाउन जानेगरेको भुलभुलेखारको तातोपानी, उहियाको तातोपानीले पनि विरामी र पर्यटकहरुलाई आकर्षण गर्नसक्ने प्रशस्त संभावनाहरु देखिन्छन ।
गोरखा जिल्लामा विस्व विख्यात मनास्लु हिमाल (८१६३ मीं), श्रृङ्गी हिमाल (७१७७ मी.), गणेश हिमाल (७१११ मी.), हिमाल चुली (७८९३ मी.), बौध्द हिमाल (६६७२ मी.) यसै जिल्लामा पर्दछन । उच्च हिमाली क्षेत्रमा अवस्थित मनमोहक दुधपोखरी, खरिबोट ४७०० मिटरमा, विरेन्द्रताल, सामागाउँ ११७०० फिटमा, छोसोङ्ग ताल, छेकम्पार ११००० फिटमा, नारदपोखरी, उहिया ४५०० मिटरमा, कालछुम ताल ३५०० मिटरमा, तिनला ताल करिब १३००० फिट, निम्चे पोखरी (खरीवोट), रानी पोखरी (गोरखा नपा) ताल र पोखरीहरु गोरखा जिल्लामै अवस्थित छन । यस्तैगरि सितागुफा, गोरखनाथ गुफा, सिध्द गुफा (मनकामना), फु गुफा (छेकम्पार), तिनतले गुफा (मुच्चोक), जस्ता व्यवस्थित हुननसकेका नमुनाको गुफाहरु पनि गोरखा जिल्लामा छन । तर पर्यटकहरुलाई आकर्षण गर्नसक्ने प्रशस्त पुर्वाधारहरु मौजुदा हुँदाहुँदै पनि हामिले यसलाई प्रचारप्रसारगरि पर्यटकको माझ विक्रिगर्न सकेका छैनौं ।
यस्तैगरि प्राचीन कालमा बनाईएका मठमन्दिर र दरवारहरुको अध्ययन गर्नेहो भने टुंडालमा कुंदिएका विभिन्न देवीदेवताका मुर्तीहरु, प्रस्तरकलाहरु, देवीदेवताका पाले र अंगरक्षक्को रुपमारहेका गरुड, नाग, हात्ती, नागकन्या र मध्ययुगीन कलाले सिंगारीएका पैगोडा शैलीका मन्दिरहरुले पर्यटकको मन्भित्र पस्नेमौका पाउनेछन् । तल्लोदरवार भित्र स्थापना गरिएको पुरातात्विक संग्रहालय, मनकामना क्षेत्रको कलाकृति, जिल्लाका विभिन्न स्थानमा पाईने शिलालेखहरु र त्यससंग सम्वन्धित किंवदन्तीहरुले पनि गोरखाको पुरातात्विक आवरणको चित्रण गरेकाछन् । त्यसमा पनि उत्तरी गोरखाको ‘तधवाई‘ गुम्वाको पुण्यमल्लको अभिलेख, राजेन, श्रृंगी, मु, लुङटाङ, दोरेन, पुङदेन जस्ता प्रचीन गुम्वाको संरक्षण प्रणाली, यहां पाईने भाडाकुंडा, बुध्दका मुर्तीहरु आदीले आजभन्दा ५०० वर्ष अगाडी देखिका पुरातात्विक वस्तुहरुका उत्खनन् गरेको पाईन्छ । त्यस्तैगरी स्थानीय गाउंघरका लोक प्रचलनहरु, मारुनी नाच, लाखे नाच, पुसुङ्गेहरुले लगाउने बस्त्र, फकिरेहरुले लगाएका लुगा र भेषले पनि प्राचीनता र पुरातात्विकलाई झल्काउने कामगरेका छन् । अर्कोतीर नेपाली चेलीहरुको मर्म र व्यथा ओकल्ने तीज, बुध्दलाई ईश्वरको अवतार मानेर पुजागर्ने वैशाख पूर्णिमा, तिहारमा गाउने देउसी भैलो र दशैमा गाईने मालसिरी आदिले पनि नेपाली संस्कृतिको राम्ररी जगेर्ना गर्नुपर्नेमा लोपहुँदै गएको पाईन्छ । जसलाई यूगसापेक्ष उपयोग गर्दै लैजाने होभने गोरखा जिल्लालाई पर्यटकीय क्षेत्रको अब्बल जिल्ला भनेर चिनाउन सकिने प्रवल संभावना देखिन्छ ।
गोरखाको नाम र ईतिहाँस सुनेर घुम्न आउने पर्यटकहरु शुरुमा गोरखादरबार, गोरखनाथ र कालिका मन्दिरमा पुग्छन् । यसक्षेत्रको पर्यटकीय पुर्वाधारहरुमा थप विकास गर्नुपर्ने अत्यावश्यक देखिन्छ । गोरखावासीहरु पर्यटकीय व्यवसायमा खासै आकर्षीत भएको देखिदैन । यहाँका जति पुर्वाधारहरु नभएका ठाउँहरुमा पर्यटकीय बस्तुहरुको पहिचानगरि पर्यटकहरुलाई आकर्षीत गरिरहेका छन । यहाँ घुम्न आउने पर्यटक तथा शुभचिन्तकहरुले दिएका सुझावहरुका आधारमा आकर्षण हुन नसकेका कुराहरु के के हुन त, यहाँ प्रस्तुत गरेकोछु ।
क) गोरखा हेर्न दुईघण्टामा सकिन्छ, खै अब के बस्नु र ।
ख) सुविधा जनक होटेलहरु छैन रैछ खै…
ग) ढलहरुको दुर्गन्ध र फोहोर रैछ खै…
घ) हेर्नेठाउँ छैन रैछ, समय विताउन गाहारो भो खै…
ङ) मनोञ्जन स्थलहरु पनि रहेनछ खै….
च) यथेष्ठ जानाकारी लिन पनि नपाईने खै…
छ) कुनै कार्यक्रमका लागि उत्कृष्ठ हल छैन रैछ खै…
ज) पानीको ज्यादै असुविधा रैछ खै…
झ) यहाँको मान्छे अलि रुखो रैछ खै…
ञ) मान्छे सहयोगी देखिएन खै आदी आदी……
गोरखामा आउने कतिपय पर्यटकहरु ईतीहाँसको वारेमा प्रत्यक्ष र धेरै जानाकारी पाईने, गोरखनाथ र कालिकाको दर्शनगर्ने विचारले आउने गर्छन । तर यहाँ आईसके पछि यथेष्ठ जानाकारी र गोरखकालीको प्रत्यक्ष दर्शनगर्न नपाउँदा फिक्का महशुष गर्छन । गोरखाको विकासमा विज्ञअरु लगाएर भूगोलले मागे अनुसारको योजनाहरु तर्जुमा गर्नुपर्नेमा विज्ञहरु विना आ–आफ्नै हिसाबले योजना बनाउने र कार्यान्वयन गर्नेगरेको हुँदापनि एउटा कामको लागि सुहाउने ठाउँमा अर्कै संरचना बन्ने गरेको पाईन्छ । यसले गर्दापनि गोरखाको भौगोलिक संरचनाहरु विग्रेको अवस्था छ । तसर्थ, गोरखकाली मन्दीरमा गोरखनाथ र कालिको ठुलाठुला मुर्ती राख्नुपर्ने अतिजरुरी छ । यहि दरवार वरपर ऐनिहाँसीक पार्क, हाईकिङ्ग, ट्रेकिङ्ग र लाईफ एण्ड साउण्ड प्रोग्राम जस्ता गोरखा चिनाउने कार्यक्रमहरु चलाउनु आवश्यक देखिन्छ । यस्ता कार्यहरु सरकार आफैले निर्माणगर्न सक्दैन भने निजि क्षेत्रलाई दिएर भएपनि पुरा गर्नुपर्छ । । अन्यथा गोरखाको पर्यटन विकास धरापमा पर्ने संभावना देखिन्छ ।




















