गोरखा समचारदाता
जेष्ठ ३ गते । जिल्लाको शहिद लखन गाउँपालिकाले विद्युतीकरण नभएका स्थानलाई लक्षित गरी सोलार टुकी वितरण सुरु गरेको छ । चिन सरकारको अनुदान सहयोग, बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको समन्वयमा एक हजार थान सोलार टुकी वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । ‘बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमटार काठमाण्डौ सुचना निकालेको रहेछ, निवेदन हालेका थियौं एक हजार टुकी प्राप्त भयो’ उनले भने ‘विद्युतको पहुँचमा नरहेका धेरै जना हुनुन्थ्यो उहाँको पहिचान गरी सौर्य बक्ति बाँढ्न लागेका हौं ।’
विद्युत पहुँच नपुगेका परिवार, आर्थिक रुपले विपन्न एकल महिला, दलित, अपाङ्ग र अल्पसख्येकहरुलाई प्राथमिकतामा राखेर वितरण गर्ने गरी प्रत्येक उक्त टुकी वडा कार्यालयहरुलाई जिम्मा लगाईएको छ । भूकम्प पछि नयाँ स्थानमा घर बनाएर बसेकाहरुलाई पनि प्राथमिकतामा राखिएको छ । ‘९ वटा वडामा १००/१०० थानका दरले दिएका छौ, बाँकी भूकम्प पछि बनेका नयाँ बस्तीका पिडितले पाउनुहुन्छ, जहाँ बिजुली छैन्’ गाउँपालिका अध्यक्ष थापाले भने ।
बक्राङको तल फाँटमा भूकम्पपछि बनेको बक्राङबेसी बस्तीका ५४ घरधुरीलाई पनि उक्त टुकी बक्ति दिने गाउँपालिकाको तयारी छ । यसैगरी घैरुङ र नाम्जुङ्गका थप २५/२५ घरधुरीले पनि उक्त सहयोग पाउने गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । यसरी हेर्दा बक्राङ १५४, घैरुङ र नाम्जुङ्गमा १२५/१२५ घरधुरीले सोलार टुकी पाउने देखिन्छ । १० वाट क्षमताको उक्त सोलारबाट ३ वटा सम्म बाल्न सकिने छ ।
बुधबार छुट्टाछुट्टै कार्यक्रमका विच घैरुङ र मनकामनामा सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ‘जसले बत्ती बाल्न पाएका छैनन्, जहाँ बिजुली बत्तीको सुबिधा छैन, जो बिपन्न छ उनिहरुको पहिचान गरी बितरण गरेका छौ’ अध्यक्ष थापाले भने । केही दिन भित्र गाउँपालिका सबै वडामा सोलार टुकी बाढेर सक्ने गाउँपालिकको लक्ष्य छ । सोही अनुरुप वडा कार्यालयले काम गरिरहेको उनले बताए ।
‘वडाबाटै साथीहरुले विवरण संकलन गर्नुभयो, हामीले सोहीका आधारमा उहाँहरुलाई टुकी हस्तान्तरण गरिसकेका छौ, उहाँहरुले नै लाभग्राहीलाई वितरण गर्नुहुन्छ’ गाउँपालिका अध्यक्ष थापाले भने । राष्ट्रिय प्रशारणलाईको विद्युतको पहुँचमा नपुगको ठाउँ र भूकम्प पछि बनेका नयाँ गाउँमा आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम सञ्चालन गरी विद्युतीकरण गर्ने गाउँपालिकाको योजना छ ।


