गोरखा समाचारदाता
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जम्म स्थल खोप्लाङ्गमा घर बन्ने भएको छ । भूकम्प पिडितले पाउने सरकारी अनुदान मार्फत डाक्टर भट्टराईकी छोरी मानुषीले बुबाको जन्म स्थलमा घर बनाउन लागेकी हुन् । सोका लागि डाक्टर भट्टराईको नाममा रहेको २ रोपनी जग्गाको बकसपत्र मानुषीलाई प्रदान गरिएको छ ।
‘उहाँ जनप्रतिनिधिका नाताले धेरै यतै बस्नुहुन्छ’ मानुसीले भनिन् ‘घर बनाउन सकियो भने बस्न पनि सजिलो हुन्छ ।’ हाल घर रहेको स्थानीका भट्टराईका आफन्त र छरछिकेकी बेसी थोर्तिचौतारा आसपासको पन्थडिहि कटहरे सडकमा झरेर बस्न थालेकाले उनीहरुले पनि नयाँ घर सोही क्षेत्रमा बनाउन लागेको मानुषीले बताईन् ।
बुधबार जिल्ला मालपोत कार्यालयमा स्वम् उपस्थित भएका नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका डाक्टर भट्टराई पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङमा रहेको २ रोपनी १४ आना जग्गा मानुषीको नाममा गरिदिएका हुने । घर बनाउने ठाउँको जग्गाको रेखाङ्कन भने मानुषीकी आमा हिसिला यमीले गरेकी छिन् ।
उनी पेशाले इन्जिनियर हुन् । अबको केही दिन भित्र घर निर्माण सुरु हुने उनको भनाई छ ।


