गोरखा समाचारदाता
जेष्ठ २ गते । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण अभियान चलाइएको छ । जंगली तथा भुस्याहा कुकुरले पशु चौपायाको नोक्सानी गरेको गुनासो बढेपछी उक्त अभियान चलाइएको मनास्लु क्षेत्र संरक्षण आयोजना एमएक्यापले जनाएको छ । ‘घरपालुवा पशुपन्छी नोक्सान ग¥यो भनेर स्थानीयहरुले धेरै गुनासो गर्नुभयो’ मनास्लु क्षेत्र संरक्षण आयोजना एमक्यापका प्रमुख नरेन्द्र लामाले भने ।
कुकुरले भेडा, च्याङ्ग्रा, चौरी तथा घोडा खच्चडको बच्चा खाने गरेपछि स्थानीयले एमक्यापमा गुनासो गरेका थिए । ‘गत वर्ष हामीले साँच्चिकै भुस्याहा कुकुरले कत्तिको दुखः दिदो रैछ भनेर सर्भे गरेका थियौं’ एमक्यापका प्रमुख लामाले भने ‘सामा, साम्दो र ल्होमा मात्रै ५०÷६० भन्दा बढि कुकुरहरुले मानिसहरुलाई दुखः दिइरहेका रहेछन ।’ ती कुकुरहरुले घरपालुवाका जनावरका वच्चा सँगै कस्तुरी, मृग, नाउरहरु पनि मारेर ठूलो क्षति गरेकाले नियन्त्रणको प्रयास गरिएको उनले बताए । उक्त अभियान अन्र्तगत ठुला माउ कुकुरहरुलाई बन्धाकरण गरेर उनीहरुको संख्या कम गर्ने र साना छाउराहरुलाई पाल्न चाहानेहरुलाई उपलब्ध गराउने काम गरेको छ ।
अहिले एमक्यापकै नेतृत्वमा त्यहाँका कुकरका छाउरा हेलिकप्टर मार्फत देशका विभिन्न ठाउँमा घरपालुवाका रुपमा पाल्न पठाइएको उनले बताए । ‘यो वर्ष मात्र ३४÷३५ वटा कुकुरको छाउरा हेलिकप्टर मार्फत अरु ठाउँम पठायौं’ लामाले भने ‘किन भने कुकुर घरघरमा सोखको रुपमा पाल्ने चलन छ । ’
भुस्याहा कुकुर नियन्त्रणपछि स्थानीयलाई ठूलो राहत पुग्ने आयोजनाको कार्यालयले विश्वास लिएको छ । वन्यजन्तु क्षति रोक्न पनि मद्दत पुग्ने लामाको तर्क छ । ‘यस कार्यले स्थानीयलाई धेरै राहत मिल्छ भन्ने हाम्रो अनुमान छ’ उनले भने ‘वन्यजन्तु क्षति पनि रोक्न सकिन्छ ।’ उत्तरी गोरखाको मुख्य पेशा पशुपालन हो । त्यहाँ एउटा घोडा वा चौरीको मुख्य १ लाख पर्छ भने भेडा च्याङ्ग्रा १० हजार भन्दा बढिमा किनबेच हुन्छ । तीनीहरुका वच्चालाई भुस्याहा कुकुरले खाइदिए पनि स्थानीय ठुलो मर्कामा परेका हुन् ।


