×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

के मोदी नेपालका असल मित्र हुन ?

  •  
  • सोमबार, बैशाख ३१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बुझनै सकिन्न् खै के हो, मोदीको असली रुप ।
    बझनै सकिन्न् खै के हो, नेता ज्याद्तीमा चुप ।।

    तेश्रो पटक नेपाल आएका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् । जनकपुर, मुक्तिनाथ र पशुपति हुदै २ दिन सम्म घुमफिर गरेर फर्किएका उनको नेपाल भ्रमण कस्तो रह्यो त सबै चासोको विषय भइरहेको छ । यस बिचमा मोदीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथमा पुगेर षोडसोपचार बिधिबाट पुजा अर्चना गरे । करोडौ खर्च गरेर दुलही झै चिरिच्याट सिंगारीएको जानकी मन्दिर परिसर जनकपुर सहरले त्यो श्रृंर्गापटारको सौभाग्य सायद कमै पाएको थियो होला । अन्य विदेशी राष्ट्र प्रमुखहरु तथा नेपाली राजा महाराजा देखि आफनै देशका नेता तथा प्रधानमन्त्री आउदा समेत त्यो सौभाग्य जनकपुर र जानकी मन्दिरले पाएको थिएन । यस बखत जनकपुर र जानकी मन्दिरले पाएको छ । यसको कारक बनेका छन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । उक्त स्थल सफा र चिरिच्याट् हुन उनै आउनु पर्ने रहेछ भन्ने भान पनि परिरहेको छ । यो देख्दा देवताहरु भन्दा, हाम्रा मठमन्दिर भन्दा माथिल्ला त भारतीय नेता रहेछ भन्ने प्रष्ठ हुन्छ । त्यसको स्पष्ट झल्को मोदीको भ्रमणले दिएको छ । भ्रम, झुठ, कुटनिती, राजनिती र कुटिल चालबाजीमा माहिर मोदीको पहिलो नेपाल भ्रमण ०७१ श्रावण महिनामा भएको थियो । जुन समय मोदी नेपालको संसदमा संबोधन गर्दै भनेको थिए नेपाल सावभौम सत्ता सम्पन्न, स्वाधिन, ऐतिहासिक, धार्मिक, पर्यटकीय, पवित्र पुण्य स्थल हो । जसले कसैको दासत्व स्विर्कानु परेन भने जस्ता अनगिन्ती भावहरु ब्यक्त गरेका थिए । जति बेला नेपालमा संविधान निर्माणको रसाकसी चल्दै थियो । नेपालका मन्त्रि देखि सभासद सम्मले मोदीको भ्रमण भाषण मुक्त कण्ठले प्रसंसा गदै थिए । टेलब ठोक्दै थिए । नेपालको संसदमा कहिले नेपाली कहिले हिन्दी कहिले मैथिली भाषामा संबोधन गरेर पशुपतिनाथको पुजा अर्चना गरेर फकेका मोदीले त्यती बेला नेपाली सर्व साधारण जनता देखी राजनेता सम्म अपार सहानुभूती र समर्थन पाएका थिए । तर त्यो धेरै समय टिक्न सकेन । उनी फर्कने बित्तिकै धमाधम सिमावर्ती विभिन्न स्थानमा पिल्लर फालिन थाले, सिमा अतिक्रमण हुन थाले ।

    नेपालको संसदमा गौतम बुद्व नेपालमा जन्मिएका हुन भनेर गर्जन गर्ने मोदी भारत फर्कने बित्तिकै गौतम बुद्व भारतमा जन्मिएका हुन भन्न भ्याई हाले । बोलीको ठेगान नभएका मोदीले नेपालमा मात्र नभई पाकिस्तान, बंगलादेश कुनै पनि छिमेकी संग मैत्रि पुर्ण सम्वन्ध राख्नै सकेनन । मुखले ठिक्क पारेर मान्छे उचाल्दै छिमेकी मुलुक र मुलुक बासीको आत्मासम्मान, स्वाभिमान र स्वाधिनता माथि छुरा प्रहार गर्न माहिर भारीतय बिस्तारबाद र त्यसको असली एजेन्ट र मतियार भारतीय प्रधानमन्त्री मोदी जसले नेपालमा बन्दै गरेको संविधान जारी नगर्न पटक पटक दवाव दिए । दुतहरु पठाए तर उनको केही लागेन । संसिवधान जारी भएरै छाड्यो । त्यती बेला नेपाली का“ग्रेस एमाले माओबादी तिनै दलका शिर्ष नेताहरुले भारतको त्यो कडा उर्दी र निर्देशनलाई कडा ढंगले प्रतिबाद गरे । नेपाली जनमनको स्वाधिनता, स्वतन्त्रता र नेपालको सार्वभौम अधिकार माथि छुरा प्रहार हुन बाट जोगाए । त्यसबाट आक्रान्त र घाएल बनेको भारतीय विस्तारबाद र त्यसका एजेन्ट मोदीकै तारतम्य र योजनामा एक मधेश एक प्रदेश को माग गर्दै आएका भारतीय एजेन्ट राजेन्द्र महतो जस्तालाइ उचालेर निर्दोष र निरापराध नेपालका सर्व साधारण मधेशबासीलाई विभिन्न प्रलोभ बाडेर आन्दोलनमा उतारेर नेपाल सरकार नेपालको राज्य सत्ता संग अधिकार माग गर्ने । सिमावर्ती भारतीय भुमिमा बसेर नेपालका राष्ट्र सेवक सुरक्षाकर्मी माथि निर्मम ढंगले ढुङा ईट्टा प्रहार गर्ने भारतीय भूमिमा नै खानपान र बन्दोबस्तीको ब्यवस्था मिलाई दिने काम मात्र नभई सर्व साधारण नेपाली जनतालाई दैनिक अत्याबश्यक सामाग्रीहरु समेत रोक र बन्देज गरेर नाकाबन्दीको चरम पिढाले नेपालीलाई पिल्साउने यि नै महामहिम भारतीय प्रधानमन्त्री मोदी र भारतीय बिस्तारबाद हो भन्ने सच्याइलाई नेपाली जनताले भुलेका छैनन ।
    यसरी नेपालमा भारतको चाहना विपरीत जवरजस्ती संविधान घोषणाबाट चिडीएको मोदी सरकारले नेपालको संविधान स्वागत गनै चाहेनन । उल्टै खुराफात र कटुता बडाउन खोज्यो । उसको चाहना प्रष्टै झल्कन्थ्यो कि नेपाल नेपाली जनता भारतकै अधिन, नियन्त्रण र कब्जामा रहन उसको त्यो चाहना पनि पुर्ण हुन सकेन । दोस्रो पल्ट जर्वजस्त तिनै तहको निर्वाचन सानदार ढंगले सम्पन्न हुन पुथ्यो । यो उसका लागि दोस्रो फलामे चिउरा हुन पुग्यो । त्यसैले त नरेन्द्र मोदी अर्थात भारत विस्तारै नेपाल संग सियो बनेर नरम हुदै गरम हुन खोजेको त होइन ? भन्ने आम नेपाली समुदाय भित्र जिज्ञासाको बिषय भएको छ । सर्पले चाहे जति सुकै अमृतपान, दुधपान गरोस त्यसले बिष नै ओकल्छ । त्यती ठुलो आक्रोस र आवेश नेपाली जनमनमा किन जन्मियो भने उसले सदियौ देखी नेपाल माथि थिचोमिचो अन्याय गरेकै कारण न हो ।
    जनकपुरमा मोदीले ठुलो स्वागत पाएको छ । १२१ किलोको माला नागरिक अभिनन्दन यि सबैलाई ग्रहण गर्दै उनले भनेका छन नेपालीहरुको धर्म प्रतिको निष्ठा सागर जस्तो, आत्मसम्मान र स्वाभिमान सगरमाथा जस्तो भन्दै भन्दै गएर भारत नेपालको एक आत्मीय मित्र हो । जसले मित्रको दुखमा दुखी हुन जान्दैन उसको मुख हेर्न सम्म हुदैन भन्न पनि भ्याएका छन । यस्ता वाक कुटिलताका धनी नरेन्द्र मोदी सिमा अतिक्रमण, नाकाबन्दी, ढुवान समस्याबारेमा मौन बसेर ङुगामाथिको चित्रा हुन खोजेका छन । कुटनितिक मर्यादा लाई उल्लघंन गर्दै सुरक्षार्थ नेपाली सुरक्षाकर्मी भन्दा बढि फौज लिएर जनकपुर भित्रिनु सर्बसाधारणलाई फोटो खिच्नमा रोक लगाईको जानकारी मन्दिर, मुक्तिनाथ मन्दिरको भित्रि परिसरमामा फोटो खिच्न दिइनु काठमाण्डौ महानगरपालिकाले गरेको अभिनन्दन कार्यक्रममा राज्यको चौथो अंग नेपाली प्रेस जगतलाई रोक लगाएर भारतिय प्रेसलाई मात्र छुट दिनु यो नेपाल सरकारको चरम लम्पसारवाद बाहेक अरु के हुन सक्छ र ।

    भारतीय बिस्तारबादको हेपचेप र अर्धेल्याई लाइ राम्रो संग बुझेका नेपाली राजनेताहरुले मोदी संग यती कुरा भन्न आट गरेनन । संविधान जारी गर्दा तिम्रो असहमती किन ? सार्वभौम राष्ट्रमाथि नाका बन्दि किन ? सिमा समस्या, ढुवान समस्याको समाधान के ? भनेर मोदी संग उत्तर खोज्नु बुद्वीमानी हुने थियो । त्यो खोज्ने आट कसैले गरेनन । अझै २ नम्बर प्रदेशबासी जनता र सरकारले त झनै करोडौ खर्च गरेर नागरिक अभिनन्दन देखी रातो कार्पेट विच्छाएर स्वागत गर्नु, मुख्य मन्त्रि लालबावु रावतले संवोधनका क्रममा नेपालको भुगोल, जनता, नेता र सरकार सम्मलाई भुसुक्क बिर्सेर २ नम्बर प्रदेश भारतको अधिनस्त ईलाका जस्तो गरी अभिब्यत्ती दिनुले नेपाली स्वाभिमान र स्वाधिनता गिरेको छ । सिक्कीमीकरणको खतरा बढाएको छ । हिजो नेपाली किसानको छोरी आफनै मुलुक कि राष्ट्रपती बिद्या भण्डारीले पुजा गर्दा बिरोध गर्ने जनकपुरबासी आज मोदीलाई रातो कार्पेट बिच्छाएर १२१ किलोको मालाले स्वागत गर्नु लाखौ जनता उतारेर नागरिक अभिनन्दन गर्नु यो केन्द्र सरकार देखी प्रदेश सरकार सम्मको राष्ट्रबाद हो कि लम्पसारबाद हो ? संविधान निर्माण र निर्वाचनताका समाएको राष्ट्रबादको कडी टुटला है ?

    लेखक रमेशरमण खनाल गोनपा–७ वराह, गोरखा निवासी हुन

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख ३१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.