गोरखा समाचारदाता
गोरखा आँबुखैरेनी सडक स्तरउन्नतीमा खटिएका मजदुर दुर्घटनामा परेका छन् । आईतबार गोरखा नगरपालिका वडा नम्ब्र ११ विरेन्चोकमा ट्याक्टर दुर्घटना हुँदा उक्त सडक कालोपत्रे गर्ने काममा सहभागी १४ जना घाइते भएका हुन् ।
खाने खानेक्रममा ग १ त ५९०१ नम्बरको ट्याक्टर चढेर आवास स्थल जाँदै गरेका उनीहरु दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गुडिरहेको ट्याक्टर एक्कासी पल्टिदा भारत चौहान, कन्धे मलाह, सोनु शाह, मुवारक अलि, माधव च्याइ, सुवास चौहान, राजकुमार चौहान, रामरतन चौहान, पंकज चौहान, मिसार चौहान, शुशिल चौहान, राजुकामार चौहान, स्माइल मिया र अनिष अलि रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । घाइते मध्य कन्धे मलाह र मुवारक अलिको अवस्था केही जटिल देखिएपनि अन्यको भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । दुर्घटना घाईत भएका अधिकाशं भारतिय नागरिक हुन् ।


