गोरखा समाचारदाता
केही दिन अघि परेको असिनापानीले खेतिबाली नष्ट गरेको भन्दै क्षतिपूर्ती माग सहित धार्चे गाउँपालिकाले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ ।
गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ र उपाध्यक्ष फुलमाया गुरुङले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयलाइ ज्ञापनपत्र बुझाउदै राहत स्वरुप खाद्यान्न तथा बिउ बिजन उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गरेका हुन ।
असिना पानीका कारण खाद्य वालीको रुपमा प्रयोग हुने आलु, गहुँ, जौ र तरकारी खेतिमा क्षति पुगेको र बेलैमा संबोधन नभए भोकमरी निम्तिन सक्ने भन्दै बेलैमा सजग गराइएको अध्यक्ष गुरुङले बताए ।
लाप्राक, गुम्दा, लापु, उहिया, केरौजा, कासिँगाउँ र हल्चुकमा लगाइएको अधिकांश वाली नोक्सान भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यस्तै अज्ञात रोगका कारण घरपालुवा कुखुराहरु पनि सखाप भएको भन्दै राहत उपलब्धताका लागी पहल गरिदिन आग्रह गरिएको छ ।
प्रशासन कार्यालय मार्फत प्रदेश सरकार र त्यहाँका मन्त्री, केन्द्र सरकार र प्रतिनिधि सभाका सांसदलाई समेत बोदार्थ दिर्ईएको गुरुङले बताए ।


