×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आमा सुरक्षा कार्यक्रम रोकिदा सेवाग्राही मर्कामा

  •  
  • आइतबार, बैशाख ३०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा
    बैशाख ३० गते । जिल्लाको आँपपिपल अस्पतालमा सेवा लिन पुगेका बिरामी मर्कामा परेका छन् । नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम मार्फत उपलब्ध गराउने यातायात खर्च र न्यानो झोला बापतको रकम अस्पतालमा उपलब्ध हुन नसक्दा सेवाग्राही मर्कामा परेका हुन् । ‘अस्पतालमा पैसा आउन छोडेको लामो समय भयो, यस अघि अस्पताल बिकास समितिले नै बिरामीलाई उक्त सुबिधा दिइरहेको थियो’ आँपपिपल अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले भने ‘स्रोत भर्नाका लागि रकम नआउने भएपछि बैशाखबाट हामीले उक्त सेवा रोकेकाछौ ।’ मेडिकल सुपरिटेण्डेन (मेसु) को लार्पवाहीका कारणले बिरामी स्वास्थ्य सुबिधाबाट बञ्चित भएको आरोप लागेको छ ।

    मेसु दिनेश शर्माले आवश्यक समन्वय नगरिदिदाँ नवजात शिशुले पाउने न्यानो झोला र आमा सुरक्षा कार्यक्रम नै प्रभावित भएको छ । नबजात शिशुले पाउने न्यानो झोला कार्यक्रम रोकिएको लामो समय भइसकेको छ । सुत्केरी महिलालाई बाटो खर्च बापतको रकम भने चैत मसान्तसम्म अस्पताल बिकास समितिले दिएको भएपनि बैशाखबाट रोकिएको छ । यता मेसु शर्माले भने आफूले समन्वय गर्दा गर्दै रकम नआएको दाबी गरेका छन् । ‘म त्यही रकम निकासा ल्याउनका लागि काठमाण्डौ धाइरहेको छु’ उनले भने ‘बिभागमा आवश्यक सबै समन्वय गरिसेको छु, डिजी सापले सिरियस रुपमा लिनु भएको छ अब रकम प्राप्त हुन्छ ।’ स्वास्थ्य विभागबाट प्राप्त हुने ३ लाख ७५ हजार रुपयाँ प्राप्त भएपनि झण्डै आधा रकम अपुग हुने देखिएको छ ।

    गत वर्ष बैशाखबाट उक्त कार्यक्रम प्रभावित भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । सुरुमा जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत उपलब्ध हुने रकमबाट उक्त कार्यक्रम सञ्चालन हुने भएपनि अहिले स्थानीय तह मार्फत पालुङटार नगरपालिका सँग समन्वय हुन नसक्दा सेवा रोकिएको प्रशासकिय अधिकृत गिरीले बताए । ‘सबै पहल मेसु सापले गर्नुपर्ने हो, उहाँ आधिकारिक व्यक्ति हो, उहाँ नहुँदा बरु सेवा सुचारु थियो’ उनले भने ।

    सरकारले उपलब्ध गराएको महत्पुर्ण सुबिधाबाट जनता बञ्चित हुनुपरेको बारे थाहा पाउँदा समेत पालुङटार नगरपालिकाले पनि चासो नदिएको एकाथरीको आरोप छ । उक्त कुराको खण्डन गर्न नगरप्रमुख दिपकबाबु कंडेलले आफू निकै चिन्तित रहेको बताए ‘हामी उक्त विषयमा गम्भिर छैनौं भन्ने प्रश्नै छैन, अस्पताल बिकास समितिको अध्यक्षको नाताले मैले आवश्यक पहल गरिरहेको छु, आशा छ केही दिनमा उक्त सेवा सुचारु हुन्छ ।’

    मेसु शर्मा अस्पतालमा कम बस्ने र बाहिर जाँदा पनि प्रशासन र सरोकारवालाहरुलाई जानकारी नगराई जाने गरेको आरोप लागेको छ । अस्पतालमा रहेको विद्युतिय हाजिर पनि उनले गरेका छैनन् । ‘म डाक्टर मात्र होइन अस्पतालको प्रमुख पनि हुँ, अन्य प्रशासनिक कामले पनि हिड्रिाख्नु पर्छ, सेवा ठप्प पारेर हिडेको छैन’ मेसु शर्माले भने । यता नगरप्रमुख कंडेलले पनि उनको हाजिरी हेर्दा अस्पतालमा धेरै नबसेको पुष्ठि गरेका छन् । ‘जाने बेलामा प्राय मेसेज गर्ने गर्नुभएको छ, तर हाजिरी भने कम नै पाएको छु मैले पनि’ नगरप्रमुख कंडेलले भने ।

    महिनामा एक चोटी आएर १ हप्ता मात्र बस्ने अनि जाने गरेको अस्पतालको आरोप छ । उक्त कुराको संकेत मेसु शर्मा आफैले गरेका छन् । ‘अस्पतालको धेरै बेरुज रहेछ, महालेखा परिक्षकको कार्यालयमा आएको थिएँ, अझै काम सक्न एक हप्ता लाग्छ भन्नुभएको छ, म यतै छु’ उनले भने । ग्रामिण भेगमा रहेर पनि विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको जिल्लाकै नमूना आँपपिपल अस्पतालमा दरबन्दीका डाक्टर नबस्ने समस्या छ ।

    अस्पताल बिकास समिति र सरकारी दरबन्दीका दुई खाले कर्मचारी हुँदा आपसी टकराबले पनि यस्ता समस्या निम्तिएको सरोकारवालाको ठहर छ । नेपाल सरकार १५ र बिकास समितिबाट २८ गरी ४८ शैयामा सञ्चालित उक्त अस्पतालमा ५८ जना कर्मचारी कार्यरत छन् । मेडिकल सुपरिटेण्डेन डाक्टर शर्मा सहित १४ जना नेपाल सरकार अन्र्तगतका र बाँकी अस्पताल बिकास समिति मातहत हुन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख ३०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.