गोरखा समाचारदाता
बैशाख ३० गते । धार्चे गाँउपालिकाको वडा नम्बर ७ लापुमा निर्माण भएको ५ वटा नमुना घर समुदायलाई हस्तान्तरण गरिएको छ । श्री स्वाँरा सघन गाँउ विकास केन्द्रले निर्माण गरेको भुकम्पप्रतिरोधी नमुना घर स्थानीयलाई हस्तान्तरण गरिएको हो ।
वडा नम्बर ७ साविकको लापु गाविसको बिभिन्न वडाहरुमा निर्माण गरिएको पाँच नमुना घर मध्ये पंकाङ डाँडाँ महिला समुह, दिलिन भिरकुना सामुदायिक वन उपभोक्ता समिती, धार्चे सयपत्री युवा क्लब सिरानगाँउ, दोङसोङ सामुदायिक संस्था खानीगाँउ र भिरकुना स्थित गंगा जमुना निमावीलाई एक कार्यक्रमका बिच भवन हस्तान्तरण गरिएको छ ।
सिआरएस नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा बनेको भुकम्प प्रतिरोधी प्रत्येक नमुना भवन निर्माणका क्रममा स्थानीय १० जनाले ५० दिने अर्धदक्ष कालिगढ तालिम लिएको स्वाँरा सघनका आवास अधिकृत रविन कट्टेलले जानकारी दिएका छन् । नमुना घर बनाउन प्रत्येकमा १० लाख ८५ हजार लागत लागेको कट्टेलको भनाई छ ।
को अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा धार्चे–७ का वडा अध्यक्ष सूर्यमान गुरुङ, स्वाँरा सघनका कार्यकारी निर्देशक सिताराम श्रेष्ठ, कार्यक्रम ब्यवस्थापक सनोद श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।




















