गोरखा सामचारदाता
धार्चे गाउँपालिकालाई घर भित्रको धुँवा रहित बनाउन प्रयास थालिएको छ । उक्त कार्यलाई सफल बनाउनका लागि सुधारिएको चुलो निर्माण तालिम सुरु भएको छ ।
प्राक्टिकल एक्सन, गोरेटो गोरखा र धार्चे गाउँपालिकको आयोजनामा जिल्ला सदरमुकाममा चिम्नी हुड चुलो निर्माण कर्ता तालिम आयोजना गरिएको गोरेटो गोरखाका कार्यक्रम संयोजक पुरुषोत्तम ढकालले जानकारी दिए ।
गोरेटो गोरखका कार्यकारी निर्देशक पवनरमण खनालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष गुरुङ, गोरेटो गोरखाका कार्यक्रम संयोजक ढकाल, पत्रकार महासघंंका जिल्ला अध्यक्ष किशोरजंग थापा र उक्त तालिम कच्चा सामाग्री उपलब्ध गराउने सप्लायर्स बिक्रान्त इर्नजीका बिनोद बस्नेत लगायतले मन्तव्य राखेको गोरेटो गोरखाका बिनोद पाण्डेले जानकारी दिए ।
५ दिन सम्म चल्ने तालिममा धार्चे गाउँपालिकाका विभिन्न वडाका एक दर्जन भन्दा बढिको सहभागिता रहेको छ ।


