गोरखा समाचारदाता
नेपाली काँग्रेसको आयोजनामा खरिबोटको गाउँ सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको भएको छ ।
गाउँ सभापती मोहन प्रसाद धितालको अध्यक्षता तथा जिल्ला सचिव नन्द्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सह–सचिच नारायण लामिछाने, क्षेत्र नम्बर २ का सभापती गोबिन्द बहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि ओम गुरुङ, जिल्ला समन्वय समिति सदस्य इन्द्रा गुरुङ, जिल्ला सल्लाहकार सदस्य बोध प्रसाद धिताल, आमन्त्रीत सदस्य इतराज सुनार, अजिरकोट कार्यपालिका सदस्य सुजिता रोक्का, उपसभापती दिपराज गुरुङ, सचिव विजय धिताल लगायतले मन्तव्य राखेका थिए ।
काँग्रेसले गाउँगाउँमा संठन सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको छ । वक्ताहरुले अबका दिनमा काँग्रेसलाई थप सुदृढ बनाएर लैजान गाउँ स्तरबाट अभियान चलाइएको बताएका थिए ।


