- ९ वर्ष पछि छोरासँगको स्कूल यात्रा
नरेन्द्र ढकाल/गोरखा
बैशाख २७ गते । सिरानचोक गाउँपालिका वडा नम्बर ६ गाँखुकी शकुन्तला बिक पढ्न छोडेको ९ वर्ष पछि पुनः विद्यालय फर्किएकी छिन् । ९ वर्ष अघि पढेको उही पुरानै कक्षा ९ को बेच्नमा बसेर उनी अहिले जिन्दगीका सुनौला सपना सझाउन थालेकी छिन् । ‘पढाईको महत्व के रहेछ भनेर मैले ९ वर्षमा राम्रोसगँ बुभेmँ अब पढ्नु पर्छ, ढिला भएको छैन भन्ने लाग्यो, अनि विद्यालय भर्ना भएँ’ शकुन्तलाले भनिन् ।
सोही विद्यालयको परिचर (विद्यालय सहयोगी) को रुपमा २ महिना अघि नियुक्त भएकी उनलाई विद्यालय आएपछि ९ वर्ष अघिको यात्रामा जोडिन मन लाग्यो । ‘जब म कामका लागि विद्यालय आएँ, यहाँका भाईबहिनीलाई देख्ने बिक्तिकै मलाई पनि पढुँ पढुँ लाग्यो’ उनले भनिन् ‘सुरुमा घरमा भने, सक्छौं भने पढ तिम्रै लागि हो भन्नुभयो, अनि स्कूलमा सरहरुलाई भने उहाँहरुले झनै हौसला दिनुभयो ।’ त्यसपछि सासू डल्ली सुनारले उनलाई विद्यालय भर्ना गराइदिएकी हुन् । 
जीवनज्योति मावि काँफलडाँडामा कक्षा ९ पढ्दै गरेकी शकुन्तलाको २०६७ सालमा मागी विवाह भएको थियो । विवाह भएर गाँखु आउने क्रममा कक्षा ९ को अन्तिम परीक्षा नजिकिदै थियो । विवाहका कारण २ महिना पढाई छोडिसकेकी शकुन्तलाले सबैको आग्रहमा गाँखु सोही विद्यालयबाट कक्षा ९ को परिक्षा त दिइन तर उत्र्तीण भने हुन सकिनन् । अनि उनको पढाईमा पुर्णबिराम लाग्यो । ‘फेरिएको स्कूूल र फेरिएको परिवेशमा मैले पढ्न सकिन, जाँच त दिए फेल भइयो अनि छोडेँ’ उनले भनिन् ।
बिहानी सत्रमा सञ्चालन हुने १०+२ (प्लस टु) कक्षाको लागि परिचर पदमा जागिरे शकुन्तला दिउँसोमा आपूm पढ्छिन् । उनका छोरा रिदम बिक पनि सोही विद्यालयको कक्षा ३ मा पढ्छन् । आमा छोरासँगै विद्यालय आउन जाने क्रम सुरु भएको छ ‘बाबुलाई पहिले तयार गरिदिन्छु अनि पछि आफू निस्कन्छु, धेरैजसौ सँगै स्कूल आउँछौ, कहिले बाबु छिटो आउँछ’ उनले भनिन् । उमेरले २५ वर्ष पुगेकी शकुन्तलालाई स्कूलमा सबैले आन्टी भनेर बोलाउथे अहिले भने दिदी भन्न थालेका छन् ।
शकुन्तला श्रीमान् रमेश बिक ट्याक्टर चालक हुन् । घर धन्दाको काम सकेर, परिचरको जागिर खाँदै पढाईलाई अगाडी बढाएकी उनलाई प्लस टु उत्र्तीण गर्न धोको छ । ‘अहिलेको जमनामा नपढी केही हुँदो रहेनछ म पहिले १२ पास गर्छु त्यसपछि अरु सोचौला’ शकुन्तलाले भनिन् ।
सोही विद्यालयमा कक्षा सातमा पढ्ने सुस्मिता बिकको पनि कथा उस्तै छ । उनी पनि ४ वर्ष पछि फेरि विद्यालय फर्किएकी छिन् । ‘पहिले पढेर के हुन्छर भनेर पढ्न छोडेँ,अहिले नपढी केही हुँदो रहेनछ भन्ने थाहा पाएर फेरी पढ्न आएको छु’ उनले भनिन् । बैशाखको पहिलो साता उनी खेतमा मकै गोड्दै थिइन् । विद्यालयका प्रधानाध्याक भोजराज कोइराला सहितको टोली उनको खेतमा पुग्यो ।

‘मैले पढ्न छोडेको थाहा पाएर सरहरु आउनुभएको रहेछ, म खेतमा मकै गोड्दै थिएँ, उहाँहरुले सम्झाउनुभयो अनि मेरो सोच पनि फेरियो’ सुस्मिताले भनिन् । नेपाल प्रहरीमा रहेका उनका बुबाको जागिरको ठाउँ फेरिदा सँगै जाने गरेकोले उनको पढाई विचैमा रोकिएको थियो । कक्षा ६ पढ्दै गर्दा विद्यालय छोडेकी सुस्मिता अहिले सञ्सारी महेन्द्र मावि कक्षा ७ मा भर्ना भएकी छिन् ।
उमेरले १७ बसन्त पार गरिसकेकी सुस्मितालाई कक्षामा सबैले दिदी भनेर बोलाउछन् । सुरुसुरुमा केही अफ्ठेरा महशुस भएपनि बिस्तारै हटेको छ । उनलाई पढेर समाजसेवा गर्ने धोको छ । ‘म समाजसेवी बन्न चाहान्छु, भाग्यले साथ दियो भने, डाक्टर बनेर दुखीको सेवा गर्ने धोको छ’ उनले भनिन् ।
लामो समय विद्यालय छोडेका उनीहरु विद्यालय फर्के पनि अन्य विद्यार्थी सरह पढिरहेको विद्यालयले जनाएको छ । शिक्षक जनकराज कोइराला भन्छन् ‘उनीहरुको पढाई राम्रो छ, कक्षाले पनि अभिभावक पाएको छ, कक्षा कन्ट्रोलन गर्न पनि उनीहरुले ठूलो मद्दत गरेका छन् ।’


