गोरखा समाचारदाता
बैशाख २७ गते । सञ्सारी महेन्द्र मावी गाँखुमा पढ्ने विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
बुधबार आयोजित एक कार्यक्रमका विच इसिडी देखि कक्षा ३ सम्म पढ्ने विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको उक्त विद्यालयका प्रधानाध्यापक भोजराज कोइरालाले जानकारी दिए । ‘हाम्रो स्कूलमा ३ कक्षा सम्म पढ्ने भाईबहिनीलाई विद्यालय पोसाक वितरण गरेका छौं’ उनले भने ‘त्यसले उनीहरुलाई विद्यालय आउनमा मद्दत पुग्छ भन्ने विश्वास छ ।’
सिरानचोक गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा निशुल्क पोशाक वितरा गरिएको हो । ‘सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण पनि कम, विद्यालय पोशाकमा अभिभावकहरुले ध्यान दिएको पाइन’ वडा अध्यक्ष नारायण दानीले भने ‘बालबालिकाहरुलाई पोशाक लगाउने बानी बसाल्न र अभिभावकहरुलाई सन्देश दिनका लागि यो कार्य गरिएको हो ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर पोखरलेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष दानीले इसिडी कक्षामा पढ्ने अब्राम रावतकी आमा कर्मकली रावतलाई विद्यालय पोशाकको कपडा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष दानीले शिक्षा समाजको ऐना भएकाले वडा कार्यालयले शिक्षा क्षेत्रलाई विशेष महत्वका साथ हेरेको बताएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजराज कोइरालाले विद्यालयको अवस्था बारे जानकारी गराएका थिए ।


