गोरखा समाचारदाता
बैशाख २७ गते । केही दिन अघि पालुङटार नगरपालिकामा निर्माण व्यवसायीलाई कुटपिट गरेको घटना मुख्य आरोपी प्रकाउ परेका छन ।
टेण्डर फारम दर्ता गर्न गएका व्यवसायी राम थापा र हरी भट्टराईलाई कुटपिट गरेको मुख्य आरोपी भनिएका पालुङटार नगरपालिका वडा नम्बर ५ का ३२ वर्षीय राजीब सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । लम्जुङको सदरमुकाम बेसिसहरमा लुकेर बसेको अवस्थामा उनी बुधबार प्रकाउ परेका हुन् ।
सोही आरोप पालुङटार ५ कै ४० वर्षका रोजन भट्टराई सोमबार प्रकाउ गरी जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । बुधबार प्रकाउ परेका सुनारलाई भने हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गत बैशाख २१ गते शुक्रबार बाटो र भवनको टेण्डर फारम दर्ता गर्न पुगेका थापा र भट्टराईलाई होटलमा थुनेर कुटेको पिडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।


