गोरखा समाचारदाता
बैशाख २७ गते । गोरखा नगरपालिका १० बिरेञ्चोकमा एक महिने झोला बुनाई तालिम सुरु भएको छ ।
वडा नम्बर १० ले बिनियोजन गरेको एक लाख बजेट अन्रगत झोला तथा खादा सिलाई बुनाई तालिम सुरु भएका हो । १५ जना सहभागी तालिमको बुधबार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाकी उप प्रमुख बिना कुमारी श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
सिलाई बुनाई तालिम ब्यवस्थापन समितीकी अध्यक्ष वेत्रावती बगालेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा उपप्रमुख श्रेष्ठ, नगरकार्यपालिका सदस्य एवम सोही वडाकी वडा सदस्य सावित्रा थापा मगर, स्थानीय समाजसेवी नन्दलाल बगाले, प्रशिक्षक मनिषा परियार लगायतले मन्तब्य राखेका थिए ।


