मोहसिन अलि मियाँ/गोरखा
अब कुनै बाहनामा प्राकृति ब्रम्ह्लुट गर्न नदिने प्राकृतिक ब्रम्हलुट गर्न नदिने प्रदेश नम्बर ४ का भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बताएका छन् । मंगलबार गोरखा नगरपालिका–१० को छेपेटारमा पृथ्विनारायण सामुदायिक अस्पतालको उद्घाटन गर्दै उनले भने ‘‘मैले सुनेको छु, अहिले बिभिन्न बाहानामा राज्यको नियम मिचेर पैसावालहरुले प्राकृतिक स्रोतको दोहन गरिरहेका छन्, आज यै मञ्चबाट भन्न चाहान्छु, अबका दिनमा ब्रम्हलुट गर्ने कुरा नसोचेपनि हुन्छ ।’

गोरखामा नदीजन्य प्रदार्थ अबैद्य उत्खनन बढेको र गैरकानूनी रुपमा गिट्टी बालुवा चोरी तस्करी भएको प्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् । अहिलेसम्म सबैले राज्यको नियम मिचेर काम गर्ने गरेको भन्दै मन्त्री बस्नेतले अब भने कुनै पनि हालतमा त्यो अबस्था आउन नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । ‘सरकारको नम्स एकातिर हुन्छ, फर्निचर कहाँ खोल्ने, क्रशर कहाँ राख्ने, यहाँ सबले नियम मिचेर काम गरिरहेका छन्, त्यस्तालाई अब हामी छोड्दैनौ’ मन्त्री बस्नेतले भने ।
यातायात क्षेत्र जस्तै अन्य क्षेत्रमा सिण्डिकेट कायम रहेको उनले सबै क्षेत्रमा रहेका सिण्डिकेट तोड्न प्रदेश सरकार लाग्ने बताए । ‘सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोडेरै छोड्यो, अब हेर्दै जानुस् सबै क्षेत्रमा हुने सिण्डिकेट तोडिन्छ, यो ताकत सरकारसंग छ’ प्रदेश नम्बर ४ का प्रबक्ता समेत रहेका मन्त्री बस्नेत भने ‘यो पार्टीको त्यो पार्टीको कुरै होइन जो सुकै होस हामी छोड्नेवाला छैनौ, यो कुरामा प्रष्ट भए हुन्छ ।’
फरक प्रसंगमा बोल्दै मन्त्री बस्नेतले सबैभन्दा बढि सडक क्षेत्रमा भ्रष्टाचार हुने गरेको बताएका छन् । सडक मर्मतका नाममा सरकारले पिच गर्नमा भन्दा पनि बढि रकम खर्च गर्ने गरेको बताउदै उनले अबका दिनमा सडकलाई दिगो र स्थायी बनाउने गरि सरकारले बजेट ल्याउने तयारी गरेको बताउछन् । ‘हामी हिड्ने बाटो पैसा नभएर नबनेका होइनन्, पैसाले गर्दा पिच नभएका होइन रहेछन्, हामी हिसाब गरौ, मर्मतका नाममा बर्षौ बर्षसम्म हाम्रा रोडमा कति रकम खर्च गरयौ होला, अब हामी त्यसो हुन दिदैनौ, अब सरकारले दिगो र स्थायी योजना मात्र ल्याउछ’ मन्त्री बस्नेतले भने ।

प्रदेश सरकारमा आजको दिनसम्म पनि कसरी काम गर्ने भन्ने बारेमा अलमल रहेको स्विकार गर्दै उनले कुन तहमा कस्ले के काम गर्ने स्पष्ट भइनसकेको स्विकार गरेका छन् । आगामी असार १ गते प्रदेश सरकारले बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिदै मन्त्री बस्नेत भन्छन् ‘हामी अलमल अलमलका बिच पनि अघि बढिरहेका छौ, हामीले छोटो समयमै अत्यावस्यक आठ वटा कानुन बनायौ, अब असार १ मा बजेट ल्याउने गरेर तयारीमा छौ ।’
स्थानीय युवाहरुको पहलमा स्थापना गरिएकोे उक्त २५ शैयाको पृथ्वीनारायण सामुदायिक अस्पतालको उद्घाटन कार्यक्रममा प्रदेश सदस्य मनकुमारी गुरुङ, जिल्ला समन्वय समिती गोरखाका सभापति अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, वडा नम्बर १० का वडाअध्यक्ष देविबहादुर बस्नेत, उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, अस्पताल संचालक समितीका कपिल पोखरेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
संचालक समितीका सदस्य सिताराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सूयोदय युवा परिवारले संचालन गर्न लागेको एम्बुलेन्स सेवाको समेत शुभारम्भ गरिएको क्लबका अध्यक्ष प्रदिपजंग कुवँरले जानकारी दिएका छन् ।
कार्यक्रम समापन पश्चात मन्त्री बस्नेतले गोरखा नगरपालिकाले २५ लाख लागतमा छेपेटार मै निर्माण गरिरहेको खेलमैदानको समेत निरिक्षण गरेका छन् ।


