गोरखा समारचारदाता
जिल्ला खेलकुद बिकास समिति गोरखाले यही बैशाख ३ गतेदेखि ५ सम्म सम्पन्न गरेको सातौ राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको नजिता फेरबदल भएको छ ।
समितिले यस अघि जस्तै अंकका आधारमा नजिता घोषणा गरेको भएपनि युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्ले शिल्डका आधारमा नजिता घोषणा गर्न निर्देशन दिएपछि गोरखामा सातौ राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको नजिता उल्टिएको हो ।
राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता निर्देशिका २०७४ को परिच्छेद ७ को १२ नम्बर बुदाँमा शिल्डका आधारमा नजिता घोषणाको आधार मान्नुपर्ने त्यो नै अन्तराष्ट्रिय मूल्याङकनका आधार अनुसार हुने भनेपछि गोरखामा पनि सोही आधारमा नजिता घोषणा गरिएको जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिए ।
नयाँ घोषणा गरिएको नजिता अनुसार भवानी माध्यामिक बिधालय मान्वु ४ स्वर्ण ४ रजत र ३ कास्य सहित प्रथम स्थानमा यथाबत रहेको छ भने लक्ष्मी माध्यामिक बिधालय गाइखुर ४ स्वर्ण ३ रजत र ४ कास्य सहित दोस्रो भएको छ । यसैगरी जनशक्ति माध्यामिक बिधालय नाम्जुङ ३ स्वर्ण र ३ कास्य सहित तेस्रो भएको बस्नेतले बताए ।
यसअघि अंकका आधारमा जनशक्ति मा.वि दोस्रो र लक्ष्मी मावि गाइखुर तेस्रो भएको घोषणा गरिएको थियो । प्रतियोगितामाको नयाँ नजिता घोषणा अनुसार पनि भावनी माध्यामिक बिधालय पालुङटार भने २ स्वर्ण, २ रजत र २ कास्य सहित चौथो स्थानमा यथावत रहेको उपाध्यक्ष बस्नेतले जानकारी दिए ।
जिल्ला खेलकुद बिकास समितिले नतिजा फरक परेको बारेमा प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक रहेका जिल्ला समन्यव समितिका सभापती असोक कुमार गुरुङ लिखित जानकारी समेत गराएको छ । त्यस्तै जिल्ला प्रसाशन कार्यालय, जिल्ला शिक्षा कार्यालय, सम्बन्धीत बिधालयहरुलाई पनि बोर्धाथ पठाएको बस्नेतले बताए ।


