गोरखा समाचारदाता
विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले सरसफाई गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ पदेली वरपरको सडक, मठमन्दिर र सार्वजानिक स्थलको सरसफाई गरिएको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिए ।
सभापती भगवानबाबु मास्के अध्यक्षता भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, अन्य जनप्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पदेली टोल विकास संस्था, बसपार्क टोल विकास संस्था, रानी स्वाँरा टोलविकास संस्था, गोरखकाली उपशाखाका सदस्यहरुको सहभागिता रहको थियो ।
त्यस्तै दिवशको अबसर अजिरकोट गाँउपालिका ४ झ्यावाको हिमालय माध्यमिक विद्यालयले विद्यालय हाताभित्र सरसफाई गरेको छ । उपशाखाका अध्यक्ष अर्तिनाथ दवाडीको अध्यक्षतामा भएको प्रशिक्षण तथा सरसफाई कार्यक्रममा ४५० जना विद्यार्थीकको सहभागिता रहेको सहायक प्राध्यापक भरतमणि दवाडीले जानकारी दिए ।


