गोरखा समाचारदाता
गोरखा उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीको स्वागत गरेको छ । सोमबार एक कार्यक्रम गरी केही दिन अघि गोरखाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका नारायण भट्टराई स्वागत गरिएको गोरखा उद्योग वाणिज्य संघका कार्यकारी सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
संघको कार्यकक्ष छहरे गोरखामा आयोजित कार्यक्रमका वीच गोरखा उद्योग वाणिज्य सघंका अध्यक्ष जिवन ज्योति श्रेष्ठले उहाँलाई स्वागत गर्नेका साथै जिल्लामा व्यापार व्यवसायको अवस्था बारे जानकारी गराएका थिए । स्वागत पछि बोल्दै प्रजिअ भट्टराई भर्खरै मात्र आपूm जिल्ला आएकाले समग्र क्षेत्रको अध्ययन गरी शान्ती सुव्यवास्था कायम गर्ने लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेको उनले बताए ।
उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ र महिला उद्यमी बिकास समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।


