गोरखा समाचारदाता
हावा हुरी सहित परेको अबिरल वर्षाले गोरखा र आसपासको जनजिवन प्रभावित भएको छ । सोमबार साँझ ५ बजे तिर एक्कासी मौसममा परिर्वतन भई हावा हुरी सहितको असिना पानी परेपछि घर तथा खेतिपातीमा क्षति पु¥याएको हो ।
हुरी गोरखा नगरपालिका वडा नम्बर ८ खोलखोलेमा विद्युतको पोल समेत भाँचिएको छ । ११ केभि प्रशारण लाइनेको उक्त पोल सहित अयन्त्र पनि विद्युतको प्रशारण लाइनमा क्षती पुगेको कारण जिल्लामा विद्युत आपूर्ति ठप्प भएको विद्यूत प्राधिकरण वितरण केन्द्र गोरखाले जानकारी दिएको छ ।
हावाहुरीले मानविय क्षति नगरे पनि भौतिक रुपमा ठुलो क्षति गरेको खबरहरु प्राप्त भए पनि एकिन विवरण प्राप्त हुन सकेको छैन । हावाहुरीले अस्थायी टहराको छाना उढाउँदा भूकम्प पिडितलाई सास्ती भएको छ ।
छेवेटार, धुँवाकोट लगायतका स्थानमा हुरीले विद्यालयको छाना समेत उढाएको ती विद्यालयका शिक्षकहरुले बताएका छन् । हुरीका कारण कतिपय सडकमा रुख ठल्दा स्थानीय यातायात समेत प्रभावित भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर एघार, १२ किलो बजार नजिकै रुख ढल्दै सोमबार साँझ केही बेर गोरखा आँबुखैरनी सडक समेत अबरुद्ध भएको थियो । जिल्लका विभिन्न ठाउँमा हावा हुरी सहितको असिना पानीले जिल्लाभर लगाइएको मकै खेति, तरकारी, फलफुल खेतिमा ठुलो क्षति पु¥याएको स्थानीयको दाबी छ ।
हुरी जिल्ला सदरमुकाम सहित विभिन्न ठाउँमा रहेका सरकारी तथा गैर सरकारी कार्यालय, व्यापारीक केन्द्रका साईनबोर्ड उठाएको छ ।


