गोरखा समाचारदाता
ट्याक्टर दुर्घटनामा परि गोरखामा एक जनाको ज्यान गएको छ । भिमसेन थापा गाउँपालिका वडा ५ खान्चोकमा आइतबार राती भएको ट्याक्टर दुर्घटनामा परि चालक हिमाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
लु३त ९५६१ नम्बरको ट्याक्टर सडकमा पल्टिदाँ २२ बर्षिय घर्तिको मृत्यु भएको हो । दाङ तुलसीपुर नगरपालिका बनहरी ठेगाना भएका घर्ति केही समयअघि देखि गोरखामा ट्याक्टर चालकको रुपमा कार्यरत थिए । दुर्घटनामा गम्भिर घाइते भएका घर्तिलाई उपचारका लागि गोरखा अस्पताल ल्याउदै गर्दा बाटो मै उनको ज्यान गएको थियो ।
ट्याक्टर दर्घटनामा चालकको ज्यान गयो
ट्याक्टर दर्घटनामा चालकको ज्यान गयो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


