गोरखा समाचारदाता
बैशाख २४ गते । गण्डकी गाउँपालिका वडा नम्बर ३ याङ्दी को एक अपाङ्गता भएको परिवारका लागि ७ लाख भन्दा बढि आर्थिक संकलन भएको छ ।
परिवारका सबै सदस्य अपाङ्गता रहेका ९० वर्षिय दल बहादुर भुजेलको घर निर्माणका लागि ७ लाख ५१ हजार ७८८ हजार संकलन भएको रकम संकलन अभियानकी अभियान्ता रेखा तमाङ्गले जानकारी दिइन् ।
सोही क्रममा धार्चे गाउँपालिका वडा नम्बर ५ माछाखोला घर भई रोजगारीका लागि मलेसिया रहेका बिशाल गुरुङले ५५ हजार ४०३ रुपयाँ सहयोग गरेको उनले बताईन ।
९० वर्षिय भुजेलका ४३ वर्षिय छोरा राम भुजेल,४० वर्षिय छोरा चङ्ख भुजेल र ३५ बर्षिय छोरी देवीमायाँ भुजेल अपाङ्गगता भएको थाहा पाएपछि अभियान्ता तमाङ्गले सामाजिक सञ्जाल मार्फत शुरु गरेको गरेकी हुन् ।
उक्त अभियान मार्फत जुटेको पैसाले सो परिवारका लागि अपाङ्गता मैत्री घर निर्माण कार्य शुरु भइसकेको छ । बेसाहारा उक्त परिवारको लागि थप सहयोग आवश्यक परेकाले अभियानमा साथ दिन उनले सबैमा आग्रह गरेकी छिन् ।


