गोरखा समाचारदाता
बैशाख २४ गते । गोरखा नगरपालिका भित्रका महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले तिन महिने तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग, उद्योग वाणिज्य संघको समन्वयमा महिला उद्यमी बिकास समितिले गोरखा नगरपालिका भित्रका २० जना महिलाहरुलाई सिलाई कटाई तालिम दिन लागेको हो ।
उक्त तालिमको आईतबार गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । महिला उद्यमी बिकास समितिकी अध्यक्ष रिता रेग्मीको अध्यक्षता भएको उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले भने ‘महिलाहरु रोजगार नभए सम्म देश विकास हुँदैन, सोही अनुरुप यो कार्यक्रम सञ्चालन गर्न लागेका हौ ।’
कार्यक्रममा विषेश अथिती गोरखा नगरपालिकाका उपप्रमुख बिना कुमारी श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । तालिमको सुष्मा श्रेष्ठ र हिराबहादुर परियारले सहजिकरण गर्ने महिला उद्यमी बिकास समितिले जनाएको छ ।


