×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

काम गरेर भुक्तानी नपाएका ४५ आयोजनाको रकम निकासा

  •  
  • शुक्रबार, बैशाख २१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    बैशाख २१ गते । गत आर्थिकमा वर्ष काम सम्पन्न गरेका ४५ योजनाले केही दिनमा भुक्तानी पाउने भएका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा स्रोत सुनिश्चित भई काम गरेका तर समय मै फरफारक हुन नसकेका योजनाहरुको बजेट फिर्ता भएको थियो । जिल्लाका ४८ वटा त्यस्ता योजनाहरु मध्ये ४५ वटाको रकम निकासा आएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ । ‘गत आर्थिक वर्षमा माथिबाट अख्तियारी पनि ढिला आयो, उपभोक्ताले काम पनि ढिलो सम्पन्न गर्नुभयो, ७५३ वटा योजना मध्ये ४८ वटाको भुक्तानी हुन सकेन’ स्थानीय बिकास अधिकारी नारायण आर्चायले भने ‘ती मध्ये ४५ वटाको निकासा आएको छ ।’

    संघिय मामिला तथा सामान्य प्रशासन मातहतबाट अख्तियारी आएका ४५ योजनाको भुक्तानीको अख्तियारी प्राप्त भएको हो । ती योजनामा भुक्तानी दिनका लागि ५ करोड ४५ लाख रकम निकासा आएको स्थानीय बिकास अधिकारी आर्चायले जानकारी दिए । ‘गत साउन देखिको हाम्रो प्रयास, जिल्ला समन्वय समितिका पदाधिकारीहरुको ताकेता पछि पैसा आएको छ, अहिले पदाधिकारी ज्यूहरु ति योजनाको अनुगमनमा निस्कनुभएको छ’ उनले भने ।

    उक्त रकम आएसँगै ती आयोजनाको अनुमन सुरु भएको छ । गत  वर्ष भएको काम र कार्यालयमा पेश भएको ।भुक्तानी आदेशलाई आधार मानेर ती आयोजनाहरुको रकम निकास दिने जिल्ला समन्वय समितिको तयारी छ । ‘उपभोक्ताहरुले गरेका कामको प्राविधिक नाप जाँच र मूल्याङ्कन भई हामीका बिल प्राप्त भएका जसको भुक्तानी आदेश भएर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाईएको छ, त्यसैका आधारमा पैसा पाउनुहुन्छ’ आर्चायले भने ।

    गत आर्थिक वर्षको असार मसान्तको दिन रातको १२ बजे कोष तथा लेखा नियन्त्रण कार्यालयको सफ्ठ्वयेर बन्द भएपछि भुक्तानी नपाएका योजनाहरुको सो समयमा पेश गरिएको कागजपत्रको आधारमा अहिले भुक्तानी हुने जिससले स्पष्ट पारेको छ । आर्थिक वर्ष सकिएपछि पनि भुक्तानी पाइहालिन्छ भनेर केही योजनामा पछि सम्म काम भएको थियो भन्ने सुनिन्छ त्यस्ताको हकमा के हुन्छ भन्ने हाम्रो जिज्ञासामा स्थानीय बिकास अधिकारी आर्चायले भने ‘नाप जाँच त्यही नै हुन्छ, असार मसान्तमा उठाएको भौचरको मिति मात्र फरक हुन्छ , अनुगमनमा कम देखिए घटाइन्छ, बढ्ने त कुरै भएन ।’

    यता जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले भने काम नहेरी पैसा नदिने बताएका छन् । गोरखा समाचार सँग कुराकानी गर्दै उनले स्थानीयबाटै कामको अनुगमन गर्नेपर्ने आवाज आएको बताए ‘काम नहेरी त पैसा दिने कुरा भएन, पहिले काम हेछौं, भने जति काम देखियो भने उहाँहरुले रकम पाउनुहुन्छ ।’ अनुगमनका लागि जिल्ला समन्वय समितिका पदाधिकारीहरु अहिले जिल्लाका विभिन्न ठाउँमा पुगेको उनले बताए ।

    संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तर्गतका ४५ योजनाको निकासा आएपनि, सस्कृति तथा पर्यटन र युवा तथा खेलकुद मन्त्रालय मातहतका ३ वटा योजनाहरुको भने अहिले सम्म निकासा नआएको आर्चायले बताए । उक्त तिन योजनाको रकम पनि केही दिन भित्र प्राप्त हुने जिल्ला समन्वय समितिले जानकारी दिएको छ । अधिकाशं उपभोक्ता समिति मार्फत सञ्चालन भएका ती योजनाहरुको समयमै भुक्तानी हुन नसक्दा काम गर्ने कामदारहरुले वर्ष दिन हुन लाग्दा समेत ज्याला पाउन सकेका छैनन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.