×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

४ नं. प्रदेशको नाम किन राख्ने “गोरखा”

  •  
  • सोमबार, चैत १९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रामशरण आचार्य
    नेपालको इतिहास अहिलेभन्दा १८ सय वर्षअघि शुरु भएको अभिलेख पाइन्छ । त्यसबेला लिच्छविहरुले नेपालमा शासन गरेकाले सो काल लिच्छविकाल कहिन्छ । लिच्छविकालका २०० भन्दा बढी अभिलेख पाइएका छन् । ती अभिलेख, तात्कालिक भारतीय अभिलेख, चिनियाँ यात्रीहरुको वर्णन आदिबाट त्यस बेलाको नेपाल झण्डैझण्डै अहिलेको जत्रो थियो भन्न सकिन्छ । गोरखाको गोरखनाथ गुफामा रहेको लिच्छविराजा शिवदेव(द्धिनीय) को वि.सं.७५५÷७५६ को शिलालेख र गोरखा हनुमानभन्ञ्याङ्मा रहेको शिवदेव (द्धितीय) का छोरा राजा जयदेव (द्धितीय) को शिलालेख पनि यो प्रमाणमा पर्दछन् । तात्कालिक गोरखाप्रदेश सामाजिक, धार्मिक एवं साँस्कृतिक आदि दृष्टिबाट समुन्नत रहेछ भन्ने कुराको ज्ञान नेपालको पहिलो प्रमाणिक कालमै गोरखाको महत्वपूर्ण उपस्थिति देखिन आएबाट पुष्टि मिल्दछ ।
    लिच्छविकालपछि नेपालको वैभवमा क्रमशः ह्रास आयो र राज्य टुक्रन थाल्यो । विक्रमको १२ औं शताब्दीतिर पहिलेको नेपालले चर्चेको भूभागमा तीनवटा राज्य देखिन आए । एउटा आफ्नो क्षेत्र क्रमशः खुम्चिदै गएको नेपालको केन्द्रको राज्य “काठमाण्डौं उपत्यका” अर्काे नान्यदेवले नेपालको दक्षिणपूर्व भेकमा स्थापना गरेको सिमरौनगढ राज्य र तेस्रो नेपालको पश्चिमोत्तर भेकमा नागराजले स्थापना गरेको सिंजाराज्य । टुक्रँदै गएको नेपालको केन्द्रअन्तर्गत विक्रमको १२ औं शताब्दीको शुरुमा रहेको गोरखाप्रदेश, सिंजाराज्यले क्रमशः पूर्वतिर बढ्ने अभियान शुरु गरेपछि सिंजाराज्यअन्तर्गत पर्न आयाृे । सिंजाराज्य पनि क्रमशः विखण्डनमा पुगेपछि कुनै बेला डोटीराज्यअन्तर्गत गोरखाप्रदेश रह्यो भने कुनै बेला केन्द्रको यक्ष मल्लको राज्यअन्तर्गत यो रह्यो । राजा मुकुन्दसेनको विजय अभियान अन्तर्गत पाल्पाको प्रभाव क्षेत्र अन्तर्गत रहेको यो प्रदेश मुकुन्द सेनको प्रभाव घट्दै गएपछि स्थानीय घले, खड्काहरुबाट शासित हुन थाल्यो । द्रव्यशाहले वि.सं. १६१६ मा गोरखामा अधिकार जमाएपछि भने स्वतन्त्र राज्यको रुपमा यो प्रदेश रहन थाल्यो ।
    रागिनासमा बसिरहेका लमजुङ्े राजकुमार द्रव्य शाहलाई लिग्लिग विजय गराउँदै गोरखासम्म ल्याइ–पु¥याउनको लागि नारायणदास अज्र्याल, गणेश पाण्डे, भगीरथ पन्त, सर्वेश्वर खनाल, गङ्गाराम राना र केशव बोहराले ठूलो परिश्रम गरेका थिए भने उनीहरुलाई गजानन्द भट्टराई र मुरली खवासले सहयता गरेका थिए ।
    वि.सं. १६१६ मा द्रव्य शाहद्धारा गोरखा राज्यको स्थापना भएदेखि नै गोरखालीहरुले आफ्नो राज्यको क्षेत्रफल बढाउँदै जाने नीति लिएको देखिन्छ । पूर्णशाह र रामशाहले बढाएको गोरखाराज्यलाई थाम्न छत्र शाह, डम्बर शाह, रुद्र शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले बिशेष परिश्रम गर्नुपरेको थियो । यस्तैमा वि.सं.१७७९ मा जन्मेका पृथ्वीनारायण शाह बाबु नरभूपाल शाहको निधनपछि वि.सं. १७९९ मा गोरखाको राजा भए । उनी राजा भए लगत्तै आफ्ना बाबुबाजेले थालेको पूर्वतिर राज्यसिमा बढाउने अभियानलाई निरन्तरता दिए । पृथ्वीनारायणले दूरदृष्टि लिएर योजनाबद्ध रुपमा गोरखाराज्यको सिमा बढाउने क्रममा नुवाकोट, मकवानपुर, किर्तिपुर, काठमाण्डौ, पाटन, भक्तपुरमा अधिकार जमाउन सफल भए । आफूले विजयी प्राप्ति गरेको काठमाण्डौ उपत्यकालाई राजधानी बनाए भने राज्यको नाम नेपाल राखे । तात्कालिक बाइसे चौबिसे राज्यमा विखण्डित नेपाल राज्यलाई एकिकरण गरेर आधुनिक नेपाल अधिराज्यको स्थापना गर्न सफल भए गोरखा राज्यका अन्तिम राजा पृथ्वीनारायण शाह । र, पछि पूर्वतिरको चौदण्डी र विजयपुर राज्य पनि गोरखा राज्यमा विलय गराई गोरखाको मात्र नभई नेपालकै नाम विश्वमानचित्रमा प्रतिष्ठित हुन पुग्यो ।
    विखण्डित भारतलाई अठारौं शताव्दीमा अँग्रेजी साम्राज्यवादद्धारा जित्दै आफ्नो प्रभुत्वमा लिंदै गर्ने क्रममा नै प्रकारान्तरले वर्तमान भारतको जग हालियो । यसरी साम्राज्यवादी सोंचले भारतलाई विभाजित मात्र होइन एकीकृत पनि तुल्याएको देखिन्छ । यताबाट साम्राज्यवादले मुलुकलाई खाइदिने मात्र होइन जोडिदिने पनि रहेछ भन्ने दृृष्टान्त हाम्रो आफ्नै छिमेकीको इतिहासले पनि देखाएको छ । तर प्रश्न छ यो– के गोरखाले भारतमा अँग्रेजकै जस्तो आफ्नो साम्राज्य लादेको हो ? कदापी होइन ।
    किनकी तत्कालिन समयको गोरखा कुनै औद्योगिक, पूँजीवादी अर्थतन्त्रले भरिपूर्ण राष्ट्र थिएन । नत कुनै अत्याधुनिक शस्त्रअस्त्रबाट भरिपूर्ण राष्ट्र ! “साम्राज्यवाद भनेको मरणासन्न पूजीवाद हो” – लेनिन । गोरखा राज्यको विस्तारलाई रोक्न अँग्रेजले सैनिक हस्तक्षेप ग¥यो तर सफल भएन ! यदि पृथ्वीनारायण शाहको गोरखा राज्यको विस्तार युद्ध र विजय अभियानको थालनी नहुँदो हो त सायदः यो देशमा ब्रिटिस प्रभुत्वलाई कसैले रोक्न सक्ने थिएन । फलतः यो देश भारतकै एउटा प्रान्त हुने थियो–इतिहास साक्षि छ ।
    पृथ्वीनारायण शाहले विजयी अभियानकै क्रममा गोरखाको राजधानी काठमाण्डौ लगे भने राज्यको नाम गोरखा नराखी नेपाल नै राखे । नेपाललाई सबै जात र वर्णको साझा फुलबारीका रुपमा अघि बढाउन पृथ्वीनारायणले बेग्लै प्रदेशको राजा हुने आफ्ना भाइहरुको आकांक्षालाई पनि शक्तिद्धारा दमन गरे । राज्य, जनताप्रति पृथ्वीनारायण शाहको आदरभाव तथा देशभक्तिपूर्ण एवं प्रगतिशिल कदम, दृष्ट्रिकोण, सोंच, विचार र व्यवहार समेतबाट उनको विजय अभियान गोरखाको विस्तार वा साम्राज्यवादी चिन्तन नभई नेपाल राष्ट्रको एकीकरण नै थियो । र, उक्त अभियान तत्कालीन समयमा विश्व विजय गर्दै हिंडेको अँग्रेजी साम्राज्यको चपेटाबाट मूलुकलाई बचाउने ध्येयबाट प्रेरित थियो । बाइसी चौबिसी र काठमाण्डौं उपत्यकाका राजाहरुको दिनहुँको कलह र लडाईंको कारण देशवासीको जिउधनको रक्षा एवं चौपट भएको व्यापार तथा अर्थतन्त्रको रक्षार्थ बहुमत जनता र उद्योग व्यवसायीहरुले पनि पृथ्वीनारायण शाहको एकता अभियानमा तन, मन, धन र वचनले सहयोग गरेका थिए । जसको ज्वलन्त उदाहरण १२ हजार गोरखाली घरधुरी मध्येका एक घरधुरीको दर्जी व्यवसायी बिशे नगर्जीले हतियार खरिद गर्न उनलाई दिएको रु. १÷– । चेतना भया !
    १८ औं शताब्दीको पूर्वाद्धमा निर्माण भएकोे आधुनिक नेपालले करिब अढाई सयवर्षको अबधिमा थुप्रै शासकिय तथा राजनीतिक परिवर्तन पायो ।ं यस्तैमा जनआन्दोलन २०६२÷०६३ को सफलतासँगै संविधान सभाबाट नयाँ संविधान जारी गरी राज्य पुर्नःसंरचनाको मार्गमा फड्को मार्दै संङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक मुलुक बन्न सफल नेपाल राष्ट्र संघ, सात वटा प्रदेशराज्य तथा स्थानीय तह (गाउँ÷नगर)हरुको शासन प्रणालीमा अघि बढेको छ ।
    अहिले नेपाल राष्ट्रमा स्थानीय तह, प्रदेश, र संघको शासकीय स्वरुप तथा कार्यपालीका एवं व्यवस्थापिका निर्माण भई संङघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको प्रारम्भिक चरण शुभारम्भ भईसकेको अबस्था हो । सात वटा प्रदेशमा विभक्त नेपालको शासकीय प्रणालीलाई नेपाली जनताको समग्र हित, उनन्ती र राज्यको विकास तथा समृद्धिको मार्गमा अघि बढाउने कार्य जारी छ । फलस्वरुप, अहिले नेपालको राजनीतिक उपलब्धीको रक्षार्थ गठित प्रदेशको नामाकरण गर्ने विषय पेचिलो बन्दै गएको छ । प्रदेशको नाम चयन गर्दा त्यस क्षेत्रको पहिचान दिन सक्ने र ऐतिहासिक तथा साँस्कृतिक हिसावले विश्वमानचित्रमा सुविख्यात विषय बस्तुसँग महत्व राख्ने हुनु नितान्त आवश्यक छ । यहाँनिर ४ नं. प्रदेशको नाम छनौट एवं चयन बारेमा विशेष इंगित गर्न उचित देखेर यो विषय उठान गरिएको मात्र हो ।
    बास्तवमा ऐतिहासिक इलाका र साँस्कृतिक इलाकामा केहि अन्तर हुन्छ । ऐतिहासिक इलाका राजनैतिक परिवर्तनको साथ परिवर्तित हुन्छन् भने साँस्कृतिक इलाका त्यस किसिमले परिवर्तन नहुन पनि सक्छ । तर सदियौं कालसम्म महत्व राखिराख्ने एक अविस्मरणिय परिवर्तनलाई बीच बीचमा हुने परिवर्तनले दिग्दर्शन गराउन कठिन पर्ने हुनाले साँस्कृतिक इलाकालाई भन्दा ऐतिहासिक इलाकालाई बढी महत्व दिनुपर्ने हुन्छ ।
    त्यसैले “गोरखा” शब्द नेपालभित्र मात्र नभएर विश्वको कुना कन्दरामा सुविख्यात नाम हो । गोरखा शब्द विश्वको इतिहासमा स्वर्णिम अक्षरले अंकित छ । आधुनिक नेपाल निर्माण गर्ने गोरखाराज्य तात्कालीक अबस्थामा पनि नेपालको पश्चिम क्षेत्रमा गोरखा प्रदेशको नामबाट सुपरिचित थियो । एशियाको मात्र नभई विश्वमै उदियमान बन्दै गएको छिमेकी मुलुक भारतमा समेत “गोरखाल्याण्ड” नामको छुट्टै राज्य माग गरिरहेको अबस्था हो । भारत बेलायत, हङकङ लगायत युरापियन देशहरु तथा संयुक्त राष्ट्र संघ समेतमा गोरखा सैनिकको अतुलनीय भूमिका र योगदान रहेको छ । प्रथम भि.सी. वीर गजे घलेको पवित्र जन्मभूमि गोरखाले प्रथम र दोस्रो विश्वयुद्धमा समेत ख्याती कमाएको इतिहास साक्षि छ । पछिल्लो समय “गोरखा महाभूकम्प २०७२” ले पनि यस नामलाई विश्वमानचित्रमा थप परिचित गराएको कुरा सर्वविदितै छ । विश्वको आठौं अग्लो शिखर मनासलु हिमाल रहेको गोरखा जिल्ला र सो हिमालको पहिलो आरोहण गर्ने जापनिज नागरिक भएबाट गोरखाप्रति जापानले हेर्ने दृष्टिकोण पनि सकारात्मक एवं सहयोगिमूलक पाइन्छ । विश्वका सहयोगी हातहरुलाई यस प्रदेशको आर्थिक लगायत समृद्धिको पक्षमा आकर्षण गर्न गराउन गोरखा शब्दले थप आकर्षण गर्न सक्ने विषयमा कोहि कसैको दुईमत नरहला ! विश्वको कुना काप्चामा समेत नेपाली जनताले स्वतन्त्र नागरिकको हैसियतले गौरव गर्न पाउने “गोरखा” शब्दद्धारा नामाकरण गरिएको खण्डमा यस प्रदेशको ऐतिहासिक एवं साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको पहिचानमा समेत अन्तराष्ट्रिय ओज र महत्व बढ्ने भएकोले ४ नं. प्रदेशको नाम “गोरखा” राख्नु पर्ने देखिन्छ । यसतर्फ सम्बन्धीत सबैको ध्यान पुग्न समेत नितान्त आवश्यक छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत १९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.