गोरखा समाचारदाता
गोरखा उद्योग वाणिज्य सँगको आगामी ३ वर्षे कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
काठमाण्डौमा भएको गोष्ठीले गोरखामा व्यापार व्यवसायको सम्भावनाका क्षेत्र, लगानीको अवस्था, व्यवसायीको क्षमता विकास, पर्यटन उद्योगमा लगानी, व्यवसायीको आय स्रोत वृद्धि लगायतका विभिन्न विषयलाई ५ वटा विधामा बाडेर छलफल गरेको गोरखा उद्योग वाणिज्य सघंका कार्यकारी सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
यसैगरी पुर्वाधार बिकास, कृषि वनपैदावार र पुर्वाधार निर्माणको कामलाई पनि विशेष महत्व दिएर अगाडी बढ्ने विर्षमा कार्ययोजना निर्माण गरिएको श्रेष्ठले बताए । उक्त गोष्ठीको सहजीकरण गर्दै श्रोत व्यक्ति उत्तम झाले सहभागीहरुलाई समूह कार्य समेत गराएका थिए । गोरखा उद्योग वाणिज्य संघको सिंगो कार्य समितिले २ दिन सम्म गोष्ठीमा सहभागी भएर ५ वटा समूहहरुमा रही विशेष छलफलका साथ कार्ययोजना निर्माण गरेको श्रेष्ठले बताए ।
लगानीका क्षेत्र पहिचान एवं सघंले तिन वर्षे कार्यकालमा केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारसँगको साझेदारी र समन्वयका बारेमा पनि छलफल गरिएको थियो ।


