नरेन्द्र ढकाल/गोरखा
पालुङटार नगरपालिकामा ग्रामिण जिविकोपार्जनका लागि नबिकरणीय उर्जा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकार उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रालय बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । ‘पालुङ्टार नगरपालिकालाई कसरी उर्जाको क्षेत्रमा अगाडी बढाउन सकिन्छ भनेर हामीले काम थालेका हौ’ नगर प्रमुख दिपकबाबु कंडेलले भने ।
कृषि, पशुपालन र अन्य क्षेत्रमा खेर गइरहेको बस्तुहरुबाट उत्पादन हुने नविकरणीय उर्जालाई सदुपयोग गरेर मानिसको जिवन स्तर उकास्ने योजना बनाईएको छ । त्यसका लागि नगरपालिकाले उर्जा योजना नै तयार गरिसकेको छ । ‘हाम्रो नगर भित्र प्रतिघरले मानिस झण्डै २ सय केजी दाउरा प्रयोग गर्दा रहेछन्, यो क्रम जारी रहने हो भने त भोलिको स्थिती भयाभह हुन्छ’ नगरप्रमुख कंडेलले भने ‘हामी त्यसलाई रोक्न चाहान्छौ’ । पालुङटार नगरपालिका भित्र रहेका दश हजार घर मध्ये, ७ हजारमा नविकरणीय उर्जाको श्रोत रहेकोले उनीहरुलाई वायो इन्धन उत्पादनमा लगाउने योजना छ ।
‘७ हजार भन्दा बढि नगरबासीले २ वटा पशु चौपाया पाल्नु हुँदो रहेछ उहाँलाई वायोग्याँस उत्पादन गर्ने प्रविधिमा आकर्षित गर्न सकियो भने पनि हामीले ठुलो मात्रामा उर्जा आयात रोक्न सक्छौ’ गोरखा समाचार सँग कुराकानी गर्दै नगरप्रमुख कंडेलले भने । ५६ प्रतिशत भु–भागमा कृषि पेशा भइरहेको पालुङ्टारमा उत्पादन हुने कृषि बाट खेर गएको वस्तुलाई प्रशोधन गरेर उर्जामा परिणत गर्न सकिने योजनामा उल्लेख छ ।
त्यसको अलवा सौर्य उर्जा, विद्युतिय उर्जाको उपलब्धता र खपतका बारेमा अध्ययन गरेर काम गर्ने नगरपालिकाको योजना छ । ‘पालुङटारमा औधिगिक क्षेत्र निर्माण गर्ने तयारी भइरहेको छ त्यसका लागि आवश्यक उर्जाको प्रबन्ध पनि आज देखि गनुपर्ने छ, कतिपय ठाउँमा विद्युत पुगेको पनि छैन्’ नगरप्रमुख कंडेलले भने । हाल गोरखा सदरमुकाम र तनहुँको डुम्रे सव स्टेशन मार्फत विद्युत सेवा प्रवाह भइरहेको पालुंटारमा २३ स्थानीयको घरमा अहिले पनि विद्युत नपुगको भन्दै यसै आर्थिक वर्ष भित्र ती घरमा विद्युत पुरयाउने उनले दाबी गरे ।
‘नविकरणीय उर्जा, बैकल्पीक उर्जा र स्थायी उर्जाको सम्भाव्यता, उपलब्धता र मागलाई हेरेर हामीले काम अगाडी बढाउछौ’ उनले भने । आईतबार नगरपालिकाले बनाएको उर्जा योजना कार्यान्वयका गर्न विषयमा नेपाल सरकार उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रालय बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्रमुख रामप्र्रसाद धिताल र नगरप्रमुख कंडेल विच हस्ताक्षर भएको छ । पालुंटारलाई सबै प्रकारका उर्जाका उचित व्यवस्थापन भएको नगर बनाउने नगरप्रमुख कंडेलको दाबी छ ।


