गोरखा समाचारदाता
पछिल्लो समय देशका विभिन्न ठाउँमा महिला हिंसा र बलत्कारको घटना बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आपत्ती जनाएकोे छ । सोमबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त कुरा बताएको हो । ‘अहिलेको २१ औ शताब्दीमा पनि बोक्सी जस्तो कपोकल्पीत, अवैधानिक तथा निराधार आरोपमा महिला माथि क्रुर याताना, घरेलु हिंसा, बलत्कार जस्ता बिभिन्न घटना घटिरहेका छन् , यस्ता घटनाले समुदाय नै लाई लज्जित बनाएको छ ।’
ध्यानाकर्षण पत्रमा उल्लेख छ । कैलालीको घोडाघोडि नगरपालीका ५ मा २० राधा चौधरी बोक्सीको आरोपमा कुटिनु, पर्साको सुनौल नगरपालीका ५ मा ८ बर्षिय बालीका सामुहिक बलत्कारको शिकार हुनु, धनुषामा आफ्नै बुवाले चरम याताना दिएर १९ बर्षिय छोरी स्नेहा यादवको हत्या गर्नु लगायतका घटनाहरु बारम्बार हुनु असह्य भएको ध्यानाकर्ष पत्रमा भनिएको छ । यी सबै घटनाहरुको गम्भीरता पुर्वक छानविन गरि दोषिलाई कडा भन्दा कडा कार्वाही गर्न महिला सञ्जालले ध्यानाकर्षण पत्र मार्फत गृहमन्त्रि समक्ष माग गरेका छन् ।
साथै यस्ता घटनाहरु पुनः दोहोरिन नदिन पनिसञ्जालले गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो । महिला हिंसा विरुद्ध थुप्रै काननु हुदाँहुदै महिला हिसाँका घटना पटक–पटक दोहोरीनु निकै दुखद रहेको अन्तरपार्टी महिला सञ्जाल जिल्ला कार्यसमितिका कोषाध्यक्ष सम्झना देवकोटाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

महिला हिंसा विरुद्ध कानुन पर्याप्त नहनुका साथै समाज पनि बिकृति र बिसंगति तिर गइरहेकाले महिलाहरु माथि हुने हिसां झन् क्रुर र हिंस्रक हुदै गएको ध्यानाकर्षण पत्रमा भनिएको छ । यस्ता मानव अधिकार बिरोधि हिंसाका घटना रोक्न कानुनमा प¥र्याप्त व्यवस्था गरी अपराधिलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने र समाजमा बिद्यमान बिकृति, विसंगती, अन्धविश्वास, अशिक्षा र पछौटेपनको समेत अन्त्य हुन आवश्यक रहेको महिला सञ्जालले औल्याएका छ ।
महिला हिंसा, बलत्कार जस्ता कुनै पनि अमानविय घटनामा संलग्न दोषिहरुलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने महिला सञ्जालको जोड छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाबाट हुन सक्ने समाधान आफुले पहल गर्ने र नसके सम्बन्धीत निकाय सम्म पुरयाइदिने बताएका थिए ।


