संपादकीय
पछिल्लो समय जघन्य अपराधका रूपमा लिइने बलात्कारका घटना वृद्धि हुँदै गएको देखिएको छ । नाबालिका बतात्कृत हुने घटना अझ बढ्दै गएको छ । केहि दिन अघि विरेनचोककी ८ वर्षीया बालिका बलात्कृत भइन् बलात्कारको घटना यतिसम्म बढेको छ कि पत्याउनै नसकिने आफ्नै अभिभावकबाट समेत बलात्कृत भएको भनी उजुरी परेका घटनाहरू पनि प्रशस्त देखिन्छन् । कुनै न कुनै बहानामा मिलापत्रमै टुंगिने गरे पनि पछिल्लो समय बलात्कारीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजाय दिलाउने प्रयास भैरहेको पनि पाइएको छ । अझै पनि सञ्चारमाध्यममा सार्वजनिक नभएका कतिपय घटना मिलापत्रमै टुंगिने गरेको पाइन्छ ।
साथै बलात्कारका घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न हरेक क्षेत्रबाट दबाब पनि आइरहेको छ । कतिपय घटनाहरूमा प्रहरीका उच्च अधिकारीहरूले नै मोटो रकम चलखेल गरी बलात्कारका घटना मिलापत्र गराएका समाचार पनि आइरहने गरेका छन् । हाम्रो समाजमा बलात्कृत महिलालाई नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ । उनीहरूको पुनस्र्थापना र समाजमा सहजरूपमा जीवन जिउने वातावरण बनाउनेतर्फ सम्बन्धित निकायको खासै ध्यान गएको पाइँदैन । राज्य संयन्त्रले मात्र हैन, सरोकारवाला सबैले बढ्दै गएको बलात्कारका घटना न्यूनीकरण गर्न लाग्नुपर्ने त छँदै छ, पीडित पक्षको संरक्षणमा ध्यान दिनु उत्तिकै जरुरी छ । जो पीडित छन् उनीहरूको सहज जीवन जिउने वातावरण बनाउन सकिएन भने समाजमा अपहेलित भएर बाँच्नुपर्ने बाध्यता आउन सक्छ । साथै अपराधशाश्त्रीय दृष्टिकोणबाट बलात्कारको घटना न्यूनीकरणमा लाग्न र समाजशास्त्रीय दृष्टिकोणबाट पीडितको संरक्षण गर्न विशेष गरी राज्य संयन्त्र र सरोकारवालाहरूले बेलैमा ध्यान दिनुपर्छ ।
सरोकारवालाको ध्यान जाओस्
सरोकारवालाको ध्यान जाओस्
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















