नरेन्द्र ढकाल/गोरखा
चैत्र १८ गते । बिरामीको सुबिधालाई मध्ये नजर गर्दै आँपपिपल अस्पताले आमाघर सञ्चालमा ल्याउने भएको छ । नेपाल सरकारको सुरक्षित सेवा कार्यक्रम अन्र्तगत निशुल्क सुत्केरी सेवा प्रदान गर्दै आएको उक्त अस्पतालले सुत्केरी सेवा लिन आउने र सुत्केरी भइसकेपछि पनि उपचार गराउन पर्ने बिरामीलाई मध्येनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याउने तयारी गरेको हो । ‘महिलाहरुलाई सुत्केरी गराउँदा केही दिन अघिबाट अस्पतालमा बस्नु पर्ने हुन्छ, कतिपयलाई भइसके पछि पनि यहीँ बसेर उपचार गराउनुपर्छ, उहाँहरुको सुबिधाका लागि हामीले यो सेवा सुरु गरेका हौ’ अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले भने ।
५० वर्ष लामो इतिहास बोकेको उक्त अस्पताल ग्रामिण क्षेत्रमा विशेषज्ञ सेवा दिने नेपालकै नमूना अस्पताल हो । यातायातको भरपर्दो व्यवस्था नभएको र ग्रामिण भेगमा रहेको अस्पताल भएका कारण आवासिय सुविधा लिएर सुत्केरी गराउने महिलाहरुको लागि लक्षित गरेर आमाघर सञ्चालमा ल्याउन लागिएको उनले बताए । ‘यदी उपचारका क्रममा उहाँहरु लामो समय अस्पतालमै बस्नु पर्ने भयो भने यो सेवाले धेरै सहज हुनेछ ।’ एक पटकमा ६ जनाले सेवा लिन सक्ने गरी संरचना तयार गरिने गिरीको भनाई छ ।
एक पछि अर्का नयाँ सुबिधा थप्दै आएको आँपपिपल अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सामुदायिक अस्पतालका लागि दिने पुँजीगत अनुदात मार्फत आमाघर निर्माण गरेको हो । शनिवार एक कार्यक्रमका विच आमाघरको उद्घाटन गरिएको छ । पालुंङ्गटार नगरपालिकाकी उपप्रमुख पंफा बसेलले आमाघर उद्घाटन गर्दै आपपिपल अस्पतालको सेवा क्षेत्रका महिलाले अब सुत्केरी व्यथाका कारण ज्यान गुमाउन नपर्ने बताएकी छन् । ‘अब कोही दिदी बहिनीले सुत्केरी हुन नसकेर, वा सुत्केरी भएपछि हुने समस्याका कारण ज्यान गुमाउन पर्देन’ उपप्रमुख बसेलले भनिन् ।
सुत्केरी व्यथा लाग्ने बित्तिकै आमा घरमा आएर सेवा लिन सकिने र बच्चा जन्माइसके पछि पनि केही समस्या भए चिकित्सकको निग्रानीमा सोही ठाउँमा बसेर उपचार गर्न सकिने भन्दै उनले उक्त सुबिधाको भरपुर सदुपयोग गर्न उनले सबैलाई आग्रह गरिन् । सोही अबसरमा नेपाल मेड जर्मनीको आर्थिक सहयोग तथा नेपालमेड नेपालको सहयोगमा उपलब्ध भएको लन्डी समेत हस्तान्तरण गरिएको थियो । नेपाल मेड जर्मनीको अध्यक्ष अर्नी डेसनले २० केजी क्षमताको आधुनिक लुगा धुने (वासिन) मेसिन, डायर (सुकाउने) मेसिन, एक्सट्याक्टर लगायतको उपकरण अपस्तालका निर्देशक डाक्टर क्षितिजचन्द्र पौडेललाई हस्तान्तरण गरेकी हुन् ।
आफूहरुले दिएको सहयोगको सहि सदुपयोग गर्न आग्रह गर्दै उनले आगामी दिनमा पनि मेड जर्मनीले सहयोगलाई निरन्त्रता दिने बताएको उनलाई उदृत गर्दै अस्पतालका प्रशासकिय अधिकृत गिरीले जानकारी दिए । कार्यक्रममा नेपाल मेडको सहयोगका बारे प्रशासकिय अधिकृत गिरी र अस्पतालको सेवा सुबिधकाको बारेमा डाक्टर क्षितिजचन्द्र पौडेलले सहभागीलाई जानकारी गराएको अस्पतालका सहायक प्रशासकिय अधिकृत यादव पराजुलीले जानकारी दिए ।
ग्रामिण भेगमा रहेर पनि विशेषज्ञ सेवा सहित सञ्चालमा रहेको उक्त अस्पतालले विरामीका लागि लक्षित गरी बस र एम्बुलेन्स सेवा समेत सञ्चालन गरिरहेको छ ।


