गोरखा समाचारदाता
चैत्र १७ गते । मोर्डन ईग्लिस बोर्डिङ्ग स्कुलले प्रवेशिका परिक्षामा सहभागी बिद्यार्थीहरुलाई बिदाई गरेको छ । स्कुल प्राङ्गणमा एक कार्यक्रम गरी उनीहरुलाई बिदाई गरीएको थियो । 
सनिबार प्रवेशिका परिक्षा सम्पन्न भए लगत्तै अभिभावकहरु तथा शिक्षक शिक्षीकाहरु बिच परिक्षामा सहभागी ४९ जनालाई टिका र खादा लगाएर स्कुलका प्रिन्सीपल सिताराम तिवारीलाई बिदाई गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी सबै बिद्यार्थीहरुलाई आगामी दिनमा उच्च शिक्षा हासिल गर्दा उच्च मनोबलका साथ अध्ययन गर्न सल्लाह दिनु भएको थियो ।

कार्यक्रममा सबै बिद्यार्थीहरुको अभिभावकहरुलाई समेत खादा ओडाएर सम्मान गरीएको थियो ।




















