गोरखा समाचारदाता
सदरमुकाम क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि भन्दै गोरखा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा कन्भेक्स ऐना जडान गरेको छ । उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा बिपरीत दिशाबाट आएको गाडी देखिन सक्ने गरी नगरपालिकाको वडा नम्बर ६ ठुलो आगनमा कन्भेक्स ऐना जडान गरिएको होे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको सहयोगमा कन्भेक्स ऐना जडान गरिएको गोरखा उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवान बाबु मास्केले जानकारी दिएका छन् । ‘प्रारम्भिक रुपमा २ वटा मिरर सहयोग गरियो, अब अरु पनि बिस्तारै सहयोग गर्दै जान्छौ’ मास्केले भने ।
नगर क्षेत्रको सडकमा सवारी दुर्घटना कमी गराउने उद्देश्यले कन्भेक्स एनो सहयोग गरिएको उनको भनाई छ । उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष जिवन ज्योति श्रेष्ठको अध्यक्षतामा भएको मिरर उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, प्रहरी उपरिक्षक भेषराज रिजाल, ट्राफिक प्रहरी प्रमुख दयाराम पौडेल, वडा अध्यक्ष नारायण अर्याल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।


